काठमाण्डौ क्षेत्र ३ : क्षेत्रका सबै प्रभावशाली नेताहरुको दरिलो साथले रमेश अर्याल उत्साहित !

काठमाण्डौ क्षेत्र ३ : क्षेत्रका सबै प्रभावशाली नेताहरुको दरिलो साथले रमेश अर्याल उत्साहित  !

कपन अनलाइन

काठमाण्डौ,फगुन ३।

काठमाण्डौ क्षेत्र नं ३ का प्रभावशाली नेताहरु नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालको चुनावी प्रचारमा निकै सक्रिय देखिएका छन। फागुन २१ गते हुने निर्वाचनमा क्षेत्रका सबै नेताहरु एकतावद्ध भएर मैदानमा उत्रिए पछि उत्साहित बनेका प्रतिनिधि सभा सदस्यउम्मेदवार अर्याल निकै उत्साहित बनेका छन्।

काठमाण्डौ क्षेत्र नं ३ का पुर्व प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, प्रदेस सभा सदस्य छिर्रिंग दोर्जे लामा, बिमल ठकुरी, गोकर्णेश्वर नगर प्रमुख दिपक रिसाल, विष्णुदेवी पुडासैनी , परशुराम पोखरेल ,गोविन्द पुडासैनी  लगायतका  नेताहरुले दरिलो साथ् दिएपछि सकारात्मक राजनीतिक संदेश पाएका अर्याल २०७४ शालको निर्वाचनमा स्थानीय तहको जनप्रतिनिधि समेत रहेका थिए।

काठमाण्डौ क्षेत्र नं ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ्ग र रास्वपाका राजुनाथ पाण्डे संग चुनावी मैदानमा रहेकाअर्याल अहिले नेपाली कांग्रेसका नियमित मतदाता रिझाउन सक्रिय बनेका छन जसमा प्रभावशाली नेताहरुको देखिने साथले सहजता प्रदान गरेको विश्लेषण गरिएको छ।

लगातार दुई पटक स्थानीय तहको नेतृत्व गर्दै २०७९ शालमा प्रतिनिधि सभा र दुवै प्रदेस सभामा विजयी बनेको नेपाली कांग्रेसले यस पटक पनि जित्ने रणनीतिका साथ आक्रामक प्रचारमा उत्रिएको चर्चा क्षेत्र नं ३ मा चलेको छ।

काठमाण्डौ क्षेत्र नं ३ का इपिसेंटर रहेका जोरपाटी र बौद्धमा स्थानीय तहका जनप्रतिनिधि जितेको नेपाली कांग्रेसले अहिले पुराना नेता र नयाँ पुस्ता विच पनि अभियान संचालन गरिरहेको एक स्थानीय नेताले बताएका छन।

तपाइँको प्रतिक्रिया ।