काठमाण्डौ-४ : राजनलाई इतिहास बनाउने र सचिनलाई जोगाउने अवसर !

काठमाण्डौ-४ : राजनलाई इतिहास बनाउने र सचिनलाई जोगाउने अवसर !

कपन अनलाइन

काठमाण्डौ,फगुन ३।

विगतका ऋण चुनावमा निकै चर्चामा रहेको काठमाण्डौ क्षेत्र नं ४ मा अहिले उम्मेदवारहरु आक्रामक प्रचारमा रहेका छन। काठमाण्डौ महानगरका चार र बुढानिलकण्ठका आठ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ मा २८ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन।

विगतका तिन निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन थापाले जितेको यस क्षेत्रमा अहिले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारहरु जित निकाल्ने दावा सहित जनताको माझमा पुगिरहेका छन।

यस क्षेत्रमा नेकपा एमालेका केन्द्रीय सचिव डा. राजन भट्टराई र नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सेना अहिले इतिहास निर्माणको सन्निकट रहेका छन। पहिलो पटक प्रत्यक्ष चुनावी मैदानमा रहेको रास्वपाले दरिलो चुनौती दिइरहेको अवस्थामा एमाले र कांग्रेसका उम्मेदवारहरु खुल्ला प्रचार र आन्तरिक रणनीति निर्माणमा जुटेका छन।

यस निर्वाचनमा नेकपा एमालेका उम्मेदवार डा.भट्टराई दुई पटकको पराजयलाई बिर्साउदै जित निकालेर इतिहास बनाउने अवसरको नजिक रहेका छन भने नेपाली कांग्रेसका सचिन पार्टी सभापतिको विरासत जोगाउदै इतिहासको निरन्तरता दिने प्रयासमा रहेका छन।

राजनीतिक क्रान्ति पछि हुन् लागेको नियमित चुनाव भन्दा फरक यस निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ मा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका दलहरुको मतले नतिजालाई प्रभावित पार्ने देखिए संगै एमाले र कांग्रेसले प्रचार र प्रभाव विस्तारलाई फरक तरिकाले अगाडी बढाएको देखिन्छ।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ४ मा दुई निर्वाचन पछी आफ्नो चुनाव चिन्हमा मत हाल्न तयार पुर्व माओवादी /समाजवादी र राप्रपाले प्राप्त गर्ने  मतले पनि चुनावी नतिजालाई रोमान्चक बनाउने अनुमान गरिएको छ।

तपाइँको प्रतिक्रिया ।