मानव जीवनमा आध्यात्मिक साधना : राजेशमान के.सी.

मानव जीवनमा आध्यात्मिक साधना : राजेशमान के.सी.

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १७।

आध्यात्मिक गुरु श्री सत्य साई बाबाले आप्mनो दिव्य सन्देशमा भन्नु भएको छ–मनुष्यको बहुमुखी विकास आध्यात्मिक ज्ञानको अभावमा सम्भव हु“दैन । उहा“को यस दिव्य वाणीबाट पनि हामी के स्पष्ट बुभ्mन सक्छौ“ भने मानिसले सामाजिक, आर्थिक अथवा अन्य क्षेत्रमा जतिसुकै उपलव्धि हासिल गरे पनि यदि उसमा आध्यात्मिक ज्ञानको अभाव छ, आध्यात्मिक चेतनाको कमी छ भने उ वास्तविक रुपमा सुखी रहन सक्तैन । बरु आध्यात्मिक ज्ञानको अभावमा सही रुपमा उपयोग हुन नसक्दा त्यो धन सम्पत्ति नै उसको लागि दुःखको मूल कारण बन्न सक्दछ, चिन्ताको मूल कारण बन्न सक्दछ । हामी समाजमा यस्ता धेरै मानिसहरु भेट्न सक्छौ“ जो भौतिक रुपमा त सम्पन्न छ । बंगला, गाडी, बंैक ब्यालेन्स सबै छ उसंग । तर पनि उसले वास्तविक सुखको अनुभव गर्न सकिरहेको छैन, शान्तिको अनुभूूति गर्न सकिरहेको छैन । हुन पनि मनमा यदि खुशी नै छैन, शान्ति नै छैन भने धन सम्पत्ति भएर मात्र के गर्ने ?

जबकि आध्यात्मिक ज्ञान र चेतनाले मानिसलाई आपूmले हासिल गरेको भौतिक उपलव्धिप्रति कुनै प्रकारको आशक्ति नराखीकन त्यसलाई सही रुपमा उपयोग गरी मानव हित र कल्याणमा लगाउन अभिप्रेरित गर्ने हुनाले स्वाभाविक रुपमा त्यस्तो व्यक्ति खुशी रहन्छ र उसले शान्तिको पनि अनुभूति गरिरहेको हुन्छ । आध्यात्मिक ज्ञानले भौतिक प्रगति गर्न हु“दैन भन्दैन, भनेको छैन । श्रीमद् भागवत गीतामा पनि ईमान्दारपूर्वक धन कमाउ र कमाएको धनबाट सद्गुणको विकास गर भनिएको छ । गीताको यस उक्तिबाट पनि के स्पष्ट हुन्छ भने ईमान्दारी र नैतिकताको परिधिभित्र रहेर धन आर्जन गर्ने र त्यसको केही अंश निःस्वार्थ भावले मानव सेवा कार्यमा लगाउनाले नै हामी जीवनमा सुखको अनुभूति गर्न सक्तछौ“ । अथवा भनौं निःस्वार्थ सेवाबाट नै हामीले वास्तविक सुख र शान्तिको अनुभूति प्राप्त गर्न सक्तछौ“ । त्यसैले यसको लागि हामीले आध्यात्मिक साधनामा लाग्नु अति नै आवश्यक हुन्छ ।

त्यसो त कतिपय मानिसहरु के पनि भन्ने गर्छन् भने यो धर्म–कर्म अथवा अध्यात्ममा लाग्नु भनेको त उमेर ढल्केपछि पो हो त । उमेर छ“दै पनि यस्तोमा लाग्छ कोही? यो त समयको बर्बादी मात्रै हो । गलत सोचाई हो यो । किनकि सबैभन्दा पहिले हामीले बुभ्mनुपर्ने कुरा के हो भने आध्यात्मिक साधनामा लाग्नु भनेको उमेर छउन्जेल जे मन लाग्यो त्यही गरेर हि“ड्ने अनि उमेर ढल्केपछि आपूmले गरेको पाप मोचनका लागि मठ मन्दीर चहारेर हि“ड्ने होइन । आध्यात्मिक साधनामा लाग्नु भनेको आपूm, आप्mनो घर परिवार र समाजको सकारात्मक रुपान्तरणका लागि सत्कर्म गर्नु हो, सत्कार्यमा लाग्नु हो । समाजको सकारात्मक रुपान्तरणका लागि के युवा, के महिला, के बृद्धा अथवा के बालबालिका सबैले आध्यात्मिक साधनामा लाग्नु आवश्यक छ, जरुरी छ ।

तर आध्यात्मिक साधनालाई हामीले केवल समय विताउनको लागि अथवा साथीभाइसंग भेटघाट र रमाइलोको लागि मात्र सीमित राख्नु हु“दैन । बरु यसलाई हामीले आप्mनो दैनिक जीवन पद्धतिकै रुपमा अपनाउनु पर्दछ ।, अर्थात् आध्यात्मिक साधनाको हामीले जहिले पनि व्यवहारिक प्रयोगमा जोड दिनु पर्दछ । किनकि जबसम्म हामीले आपूmले प्राप्त गरेको आध्यात्मिक ज्ञानलाई व्यावहारिक जीवनमा प्रयोग गर्ने कोशिश गर्दैनौ“ अथवा आप्mनो दैनिक जीवनमा लागु गर्ने प्रयत्न गर्दैनौ“ तबसम्म मानव जीवनमा त्यसको कुनै अर्थ रह“दैन । जस्तो आध्यात्मिक ज्ञानको व्यवहारिक प्रयोजनबारे कुरा गर्दा आध्यात्मिक ज्ञानले हामीलाई कसरी आप्mनो दैनिक जीवनलाइ सन्तुलित र अनुशासित बनाउन सकिन्छ? आप्mनो घर परिवारलाई कसरी सुखी र व्यवस्थित तुल्याउन सकिन्छ? कस्तो किसिमको आचरण अथवा व्यवहारबाट हामी समाज र अरुको अगाडि मर्यादित भएर रहन सक्छौं? कस्तो आहारबिहार अथवा जीवनशैली अपनाउनाले हामी स्वस्थ र निरोगी भएर रहन सक्छौ“ र अरुको सेवामा क्रियाशील भएर लाग्न सक्छौ“? जीवनमा आइपर्ने समस्या अथवा विध्न बाधाहरुको सामना गरी कसरी संयमतापूर्वक गर्न सकिन्छ र त्यसाथि विजय प्राप्त गर्न सकिन्छ? यी सबै जिज्ञासाहरुको व्यवहारिक समाधान हामीलाई आध्यात्मिक साधनाबाट प्राप्त हुन सक्ने हुनाले आध्यात्मिक साधनालाई हामीले दैनिक जीवन पद्धतिकै रुपमा अपनाउनु अति नै आवश्यक हुन्छ ।

त्यति मात्र नभई आध्यात्मिक साधनाले मानिसलाई आपूmभित्र अन्तर्निहित शक्ति र क्षेमताको पहिचान गरी त्यसको सही रुपमा उपयोग गर्न पनि अभिप्रेरित गरिरहेको हुन्छ । जस्तो मर्यादा पुरुषेत्तम राम, कृष्ण, बुद्ध, महावीर, जैन जस्ता महापुरुषहरुकै कुरा गरौ“ न हामी । यी सबै महापुरुषहरु आध्यात्मिक ज्ञान र साधनाकै माध्यमबाट आपूm भित्र रहेको शक्ति र क्षमता सही रुपमा उपयोग गरी त्यसलाई मानव हित र कल्याणमा लगाउनाले नै मानव मात्रको लागि पूज्य बन्न पुगेका हुन्, स्तुत्य बन्न पुगेका हुन् । त्यसैले यी महापुरुषहरुको आदर्श जीवनबाट प्रेरणा लिएर हामीले पनि यदि आध्यात्मिक ज्ञानको माध्यमबाट, आध्यात्मिक साधनाको माध्यमबाट आफूभित्र रहेको क्षमता पहिचान गरी त्यसलाइ सही रुपमा उपयोग गर्न सक्यौ“ भने अवश्य नै हामी समाजको लागि, मानव समुदायको लागि महत्वपूर्ण योगदान पुर्याउन सक्ने छौ“ । र, आपूmलाइ समाजको एउटा अनुकरणीय व्यक्तिको रुपमा परिचित गराउन सक्ने छौ“ ।

त्यसैले हामीले आप्mनो दैनिक जीवनको केही समय निकालेर अथवा बचत गरेर त्यसलाई आध्यात्मिक साधनामा उपयोग गर्न सक्यौ“ र त्यसबाट प्राप्त ज्ञान हामीले मानव हित र कल्याणमा लगाउन सक्यौ“ भने अवश्य पनि हामी आप्mनो यो दूर्लभ र बहुमूल्य मानव जीवनलाई सार्थक तुल्याउन सक्नेछौ“ ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।