कन्दनी : बालकृष्ण गजुरेल (लघुकथा )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १७।
“राम्रो सँग ठाउँमा बाध्नुस् बाजे ।” नाङ्गो मान्छेले सितारामलाई आदेश दियो ।
“होइन के भन्छौ ? तिम्रो लुगा खोइ ? ” नाङ्गै नुहाइ रहेको ब्यक्तिलाई सितारामले गम्भीर भएर सोधे ।
उ केही बर्ष देखि केही जाने झैँ गर्थ्यो । नानाथरी भट्टयाउँथ्यो । नाङ्गै हिँड्थ्यो । हुन त उ आफैँ नाङ्गो थियो । नाङ्गाले दुनिया नाङ्गो देख्ने बिषय उनका हजुरवा सुनाउँथे । अतिरञ्जित माहोल देखेर उनी सपनामा पुगे । दुई नङ्ग जोडेर आफैँलाई चिमोटे । तैपनि उनी दोधारमा परे ।
“बेला बेला दसौँ शताव्दिको प्रश्न किन ? ” हजुरबालाई हास्दै सितारामले वास्तविकता सोधे ।
रचनाकार रचनामा बग्थे । सिर्जनाकार सिर्जनामा जुट्थे । कला लिएर बाँच्नेहरु हजारौँ बर्ष बाँचे । तैपनि चाटुकारहरु अहमतामा रमाउँदै रचनाकार माथि नै हावि हुन्थे । उक्त अवस्थालाई मध्य नजर गर्दै सितारामको हजुरबाले भने, ” मानव अस्तित्वलाई कन्दनीमा झुण्याउँदा छोड, टोपी झैँ शीरमा राख ।”