दुई चुनावमा पार्टीलाई मत हाल्न नपाएका काठमाडौं-४ का “माओवादी”आफ्नो चिन्ह पाउँदा उत्साहित

दुई चुनावमा पार्टीलाई मत हाल्न नपाएका काठमाडौं-४ का “माओवादी”आफ्नो चिन्ह पाउँदा उत्साहित
कपन अनलाइन
काठमाण्डौ ,माघ २२।
काठमाण्डौ क्षेत्र नं ४ मा क्रियाशील “माओवादी” हरु यस पटकको निर्वाचनमा उत्साहित देखिएका छन। विगतका दुई वटा निर्वाचनमा आफ्नो चुनाव चिन्ह नपाउदा छरिएका उनीहरुले यस पटक आफ्नै चुनाव चिन्ह तारा पाएका छन।
२०७४ र २०७९ शालको निर्वाचनमा गठबन्धन भए पछि सुर्य र रुख चिन्हमा भारी मनले मत हालेका उनीहरुले यस पटक भने पुर्व नेकपा एसका नेता तथा कार्यकर्ताहरुको समेत साथ् पाउनेछन।
पार्टी समायोजन भएर नेपाली कम्युनिस्ट पार्टी बनेको अवस्थामा चुनावी मैदानमा रहेको यस पार्टीले लामो समय देखि यसै क्षेत्रको प्रमुख शैक्षिक संस्था पशुपति बहुमुखी क्याम्पसमा राजनीति गरेका इन्द्र भुषाललाई उम्मेदवार बनाएको छ।
गएका निर्वाचनमा आफ्नो पार्टीको ब्यानर र झन्डा मुनि कर्मकाण्डी कार्यक्रम गरे पनि यस पटक भने आफ्नै उम्मेदवार सहित मैदानमा रहेका उनीहरुले चुनावी नतिजामा गेम चेन्जरको भूमिका निर्वाह गर्न सक्ने विश्लेषण समेत गरिएको छ।
तपाइँको प्रतिक्रिया ।