काठमाण्डौ क्षेत्र नं ४ को शिरमा कुलमान घिसिङ : चुनावी नतिजामा पार्ला त प्रभाव ?

काठमाण्डौ क्षेत्र नं ४ को शिरमा कुलमान घिसिङ : चुनावी नतिजामा पार्ला त प्रभाव ?
कपन अनलाइन
काठमाण्डौ,माघ २२।
प्राकृतिक र भौगोलिक रुपमा बागद्वार काठमाण्डौ क्षेत्र नं ४ को शिरमा रहेपनि मानवीय बस्तीका रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं १ तौलुंग रहेको छ।
काठमाण्डौ क्षेत्र नं ४ मा चुनावी गर्मि तातेको अवस्थामा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनजाती बाहुल्य सो क्षेत्रमा गरेको कार्यक्रमलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।
काठमाण्डौ क्षेत्र नं ४ मा सो पार्टीको प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका जेबी अधिकारी (दिपक) सहित सो क्षेत्रमा पुगेका अध्यक्ष घिसिङले स्थानीय संग राजनितिक तथा सामाजिक मुद्दाहरुका विषयमा अन्तर्क्रिया समेत गरेका थिए।
विजुलीको चिम चुनाव चिन्ह सहित पहिलो पटक चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार अधिकारीले चाडै आफ्ना मुद्दा र विचारहरु सार्वजनिक गर्ने तयारी गरेको बताएका छन।
तपाइँको प्रतिक्रिया ।