मास्टर नेत्रले बिश्व बरियता जी–२ युएस ओपनमा प्रतिस्पर्धा गर्दै

कपन अनलाइन

काठमाण्डौ,फागुन ६।

तेक्वान्दो खेलाडी तथा प्रशिक्षक मास्टर नेत्र बहादुर घर्ती मगरले विश्व वरियता जी–२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् ।
अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा फेब्रुअरी १६ देखि १८ सम्म हुने प्रतियोगिता विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा हुँदैछ । ओलम्पिक, विश्व च्याम्पियनसिप र ठुला प्रतियोगिता खेलिसकेका खेलाडी समेतको सहभागिता रहने प्रतियोगितामा २ हजार १ सय ४० खेलाडीको सहभगिता रहने तेक्वान्दो रेफ्रि जगन अधिकारीले जानकारी गराएका छन् ।
यसअघि मगरले क्यानडामा भएको क्यानडा ओपन विश्व वरीयता जी–२ मा सहभागिता जनाएका थिए । मगर सिधै क्यानडा बाट युएसए गएका हुन । उनले २०२२ मा युएसएको मिचिगन सिटिमा आइओएफटिसी को आयोजनामा सम्पन्न भएको  १३ औ अन्तर्राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्न सफल भएका थिए ।
मगर बिगत आठ बर्ष देखी युएईको आबुधाबी स्थित बारुदी स्पोर्टस क्लबमा प्रशिक्षकको रुपमा कार्य गर्दै आईरहेका छन्।

 

तपाइँको प्रतिक्रिया ।