भोक : ढाकामोहन बराल ( लघुकथा)
कपन अनलाइन
काठमाडौं , पुस २१ ।
‘आमाभोक लाग्यो ।’ पुन्टे कचकच गर्न थाल्यो ।
अघिल्लो दिन भुटेको बासी मकै रहेछ । एक मुठी दिएर ठूली भित्र पसी । दिन भरको कामले थकित् भएर चुलोमा आगो सल्काएर भाँडोमा पानी बसाली । पोलोथिन थैलाबाट पिठो झिकेर ढिडो बनाउन थाली ।
‘आमा, मकै सकियो अब के खाने हो ?’ पुन्टेले कराउन थाल्यो ।
‘अब धेरै हल्लानगर ।’ ठूलीले हप्काए पछि चार वर्षको पुन्टे चुपलाग्यो । ठूले आएर पिँडीको डिलमा बस्यो ।
‘कति बेलाआयौ ?थाहानपाएकी मैले त ।’ ठूलीले सोधी ।
‘भरखरै हो । छोरो घरमा एक्लै छ भनेर तलाई एक पाइलो छिटो पठाएको उता साहुले कराएर दिक्क बनायो ।’ ठूलेले भन्यो ।
‘आमामलाई फेरि भोक लाग्यो ।’ पुन्टेले कराउन थाल्यो ।
‘लौ खा ।’ दिनभरको थकाई र साहुको कचकचना बालक पुन्टेको गालामा वर्षाई ।
‘नपिट् न छोरालाई ।’ ठूलेले भन्यो ।
‘नपिटेर के गर्ने आए देखि भोक लाग्यो भनेर कच् कच् गरेको छ ।’ ठूलीले भनी ।
‘पिट्न मन लागे मलाई पिट् न ।’ ठूलेको स्वर चर्को भयो ।
बाबु आमा झगडा गर्न थालेको देखेर पुन्टे डरायो र भन्यो ‘आमामलाई भोक लागेको छैन ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।