प्रथम भक्ति इन्टरनेसनल उपत्यकाब्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न

प्रथम भक्ति इन्टरनेसनल उपत्यकाब्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाण्डौ, बैशाख २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको भक्ति इन्टरनेसनल एकेडेमीको आयोजनमा प्रथम भक्ति इन्टरनेसनल उपत्यकाब्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ।

काठमाण्डौ उपत्यकाका विभिन्न डोजाङ्ग  र विद्यालयहरुको सहभागिता रहेको सो प्रतियोगिताको समापन कार्यक्रममा विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो।

प्याब्सन काठमाण्डौ जिल्ला समितीका सचिव कृष्ण भण्डारीको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक नवराज भट्टको अध्यक्षतामा भएको समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बद्री बहादुर थापा सहित प्रशिक्षक र खेलाडीहरुको उपस्थिति रहेको थियो।

सो समापन कार्यक्रममा विभिन्न उमेर समुह र तौल समुहमा सयौ खेलाडीहरुले सहभागिता जनाएका थिए भने।

 

तपाइँको प्रतिक्रिया ।