चार मुक्तक : गंगा लिगल

चार मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाडौं , पुस २१ ।

आमाबिनाको मानव जीवन शुन्य छ
तिनले गरेको काममा धेरै पुण्य छ
आमा के हो भन्ने चिन्नु पर्छ है पृथ्वीमा
आमाभएनभने सारा पृथ्वी रुण्य छ ।

चन्द्रागिरी शिवमन्दिर मनको छाहारीमा
अति सुन्दर जल्दो बल्दो तनको छाहारीमा
चन्द्रागिरी हिलमा लाग्छ मानिसको भिड
भिड भै दर्शन दिन्छन् जनको छाहारीमा

ज्योति पुञ्जकोअति मीठो उज्वलता संगै
चौतर्फ झल्झलाकार प्रज्वलतासँगै
यो सम्पूर्णताले हृदय प्रसन्न हुन्छ नै
प्रेरणाद्वारा मार्ग खुल्छ प्रफुल्लता सँगै ।

अर्काको घाउमा नुन्चुक नछर ए मान्छे
दुखीको पाउमा प्रहार नगर ए मान्छे
सुख र दुख त सबैलाई हुने गर्छ नै
अरुको त्यो दुखमा नपार जहर ए मान्छे ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।