आमा र बाबा : सुशील आचार्य
कपन अनलाइन
काठमाण्डौ, बैशाख २७।
सधैँभरि मायाँ गरि फकाएर फुलाएर
पढ्नलाई पठाउने खुशी मन लगाएर
बाबा आमाको मनले छोराछोरी हँसाउँने
आफु दुःख सुख सहि सधै खुशी बसाउँने ।
कति ठाउँमा के के गरि कमाएर लेराउँदै
आफ्नो प्यारो सन्तानलाई हेरि मन भुलाउँदै
सफलताको सिखर चढाउँने छ कल्पना
भरोसा छन् छोराछोरी यहि हो एक सपना ।
राम्रो शिक्षा दिक्षा दिई सुसंस्कारी बनाउँने
हाँसी खुशी स्कुल जान पनि सधै मनाउँने
हाम्रा आमा बाबा अशल भनेर भन्नु पर्दछ
जन्म दिने देबदेवी भक्ति नै गर्नु पर्दछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।