भोकको परिणाम :भोलानाथ सुबेदी (लघुकथा)

भोकको परिणाम :भोलानाथ सुबेदी (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २३।

दिनको चार बजेको थियो । भोकले पेटमा मुसा दगुरेको थियो । भान्सामा हेरेँ । खाजा केही थिएन । लाग्यो आज भान्सा आन्दोलनमा छ । ‘खाजा केही छैन् ?’ श्रीमतीलाई सोधेँ ।

‘के को खाजा, अघि भर्खर भात खाको होइन ?’ उसले कानै खानेगरी जवाफ फर्काइ ।
बजार मँहङ्गो भएकोले भोक लाग्यो भन्दा रिसाउनु स्वभाविक नै थियो ।
अब के जवाफ दिनु भन्दै होटलतिर लागेँ । भनेजस्तो खाजा केही पाइएन । भोकले ढुङ्गा माटै खाउँ जस्तो भएको थियो ।
एकाएक भगवान् पुकार्न पुगेछु । तत्कालै भगवान् मेरो अगाडि उभिए ।
‘के आवश्यकता परेर सम्झेका छौँ । म दिन्छु छिटो भन ।’ भगवानले भने । मेरा लागि ढुङ्गा खोज्दा देउतै भेटियो ।
‘प्रभू, खाजा खान नपाए भोकै छु । कहिलै भोक नलाग्ने आशिर्वाद दिनुस् ।’ मैले भगवान् लाई गुनासो सुनाए ।
तथास्तु ! भगवान् बिलाए । म भोकले रन्थनिएर भुँइमा थचक्क बसेँ । एकाएक पेट टन्न अघाएको महशुस भयो । पेटमा हात लगेँ । पेट टनक्कै थियो । भगवान्लाई हात जोडेर नमन गरेँ ।
आजसम्म पनि अन्नको गेडो मुखमा परेको छैन । मुखबाट डकार आइरहेको छ । के भयो कुन्नि  । सारै पीर लाग्यो र अहिले भोक जगाउने औषधि किनेर खाँदै छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।