संस्कार : मनीषकुमार शर्मा ‘समित’ (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २३।
‘हे भगवान ! कस्तो चाहिँ बुहारी भित्राइएछ । कुलवन्ती भनेको त कुसंस्कारी परिछ ।’ सासुको नव दुलही प्रति दिनहुँ जसो टोकेसो थियो ।
एकदिन हैन दुईदिन हैन । आजित बुहारीले आज सबैको सामु कागजको टुक्रा लिएर ठुलो स्वरले पढ्न थालिन् –
सुन– ५ तोला
चाँदी– ५ तोला
मोटर साईकल – १
स्मार्ट टिभी – १
फ्रिज – १
लुगा धुने मेसिन – १
सोफा– १ सेट
पलङ्ग –२
दराज –२
नगद रु. २५ लाख
खै हजुरहरूले माग गर्नु भएको दाइजोमा त संस्कारी बुहारीको उल्लेख नै छैन त
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।