त्रिज्योति मा.वि.मा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न

त्रिज्योति मा.वि.मा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न

कपन अनलाइन

काठमाण्डौ, बैशाख २८।

त्रिज्योति माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्व चयनका लागि आयोजित निर्वाचन प्रक्रिया  सम्पन्न भएको छ।

विद्यालयले लोकतान्त्रिक अभ्यास, नेतृत्व विकास र विद्यार्थीहरूको सहभागितालाई प्रोत्साहन गर्न विद्यालय क्याप्टेन, भाइस क्याप्टेन तथा विभिन्न हाउसका क्याप्टेन र भाइस क्याप्टेनहरूको निर्वाचन सम्पन्न गरेको हो।

यस निर्वाचन प्रक्रियाअन्तर्गत २५ गते विद्यार्थी प्रतिनिधि समूहले निर्वाचन आयोगको अध्ययन भ्रमण सम्पन्न गरेका थिए। अध्ययन भ्रमणको उद्देश्य निर्वाचन प्रक्रियाको व्यवहारिक ज्ञान हासिल गरेका थिए ।

२८ गते सम्पन्न मतगणनापछि विद्यालय क्याप्टेन, भाइस क्याप्टेन तथा चारवटा हाउस सगरमाथा, कञ्चनजङ्घा, माछापुच्छ्रे, धौलागिरि का क्याप्टेन र भाइस क्याप्टेनहरू चयन गरिएका छन्।

विद्यालय प्रधानाध्यापक गणेश कुमार मिश्रले निर्वाचन प्रक्रियामा सक्रिय भूमिका खेलेका विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै लोकतान्त्रिक अभ्यासमार्फत विद्यार्थीहरूमा नेतृत्व क्षमता, सहकार्य र जिम्मेवारी भावना विकास हुने विश्वास व्यक्त गरेका छन्।

तपाइँको प्रतिक्रिया ।