नेपाल आमा : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १९।
हे आमा तिमी नेपाल, धरतीकी हौ गरिमा
सक्दैन कोही सक्दैन, गाएर तिम्रो महिमा
अडेको होला कसोरी, सुनको दिव्य टाकुरा
बढेको होला कसोरी, सिर्जनाको आँकुरा ।
बिहानै आमा उज्याली, बनेर सधैँ हाँसिद्यौ
देशको झण्डा उचाल्दै, समृद्ध बनी बाँचिद्यौ
चल्दैन आमा नउठ्दा, बिहानीको पाइलो
बन्दैन आमा नहाँसे, पहाड पाखा चम्किलो ।
आमाको माया म राख्छु, पोखेर यहाँ पसिना
आमाकै खातिर म खप्छु, आँधी हुरी असिना
बिर्सेर टाढा को जान्छ, उनकै काख बेश हो
चम्काइ बस्छु आमा यो, मुहार हार देशको ।
नभन्नु कसैले बरा यो, म बोक्छु बोझ देशको
भो अनुदान चाहिन्न भो, रगत रहँदा शेष यो
लगनशील बनेमा म यैँ, दाम छ हात हातमा
म खुल्न सक्छु म हाँस्न सक्छु, बिहान साँझ रातमा ।
ल्याउँछु फिर्ता अब प्यारा, लिपु र प्यारो लिम्पिया
विलाप गर्दै बसेर के ? छाती दुख्छ सम्झिँदा
रोज्दिँन मीठो खोज्दिन सुख, हेर छ भार पीठमा
लागून् सबै स्वार्थ्यका पछि, एक्लै हिँड्छु भीडमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक