प्रोलिफिक माध्यामीक विद्यालय धुम्बाराहीमा फुट्सल मैदान उद्घाटन

प्रोलिफिक माध्यामीक विद्यालय धुम्बाराहीमा फुट्सल मैदान उद्घाटन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १९।

प्रोलिफिक माध्यामीक विद्यालय धुम्बाराहीमा फुट्सल मैदान उद्घाटन गरिएको छ। शुक्रबार प्रोलिफिक माध्यामीक विद्यालय धुम्बाराहीमा विद्यालय प्राङ्गणभित्र निर्मित फुट्सलको संचालन एक समारोहबिच काठमाण्डौं म.न.पा वडा नं. ४ का वडा अध्यक्ष  दिनेश महर्जनले उद्घाटन गरेको मैदानमा  विभिन्न विद्यालयबाट एस.इ.इ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर फुट्सल टुर्नामेन्ट पनि आयोजना गरिएको छ।

उक्त दुर्नामेन्टमा जम्माजम्मी ४८ टिमको सहभागिता रहेको टुर्नामेन्टका संयोजक धिरेन्द्र शाहीले बताएका छन।सो टुर्नामेन्टमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमलाई आकर्षक पुरस्कार मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्था प्रोलिफिक माध्यामिक विद्यालयका प्रधानाध्यापक गोपाल बहादर महतले जानकारी दिएका छन।

टुर्नामेन्ट शुक्रबारबाट सुरु भएर तीन दिनसम्म चल्नेछ टुर्नामेन्टमा टिमहरुको सहभागिता अत्याधिक रहेकोले आयोजक संस्था सफल हुनेमा ढुक्क रहेको बताउदै प्रधानाध्यापक गोपाल बहादर महतले केही हप्ता अगाडी सम्पन्न भएको स्कूल क्याप्टेन, स्कूल भाइस क्याप्टेन, हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेनका अभिभावक लाई निमन्त्रणा गरी माझमा ब्याज बितवरण र सम्मान कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन।प्रमुख अतिथि महर्जनको तर्फबाट शुभकामना प्रदान गगरिएको उक्त कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक  कार्यक्रम तथा मार्च पास पनि प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमको संचालन बिद्यालय संचालक समिति सदस्य ललिता पाण्डेले गरेकी थिइन् भने    स्वागत मन्तव्य बिद्यालय संचालक समिति सदस्य भावना खड्काले राखेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।