गीत : अम्बिका खड्का

गीत : अम्बिका खड्का

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ  १९।

धेरैपछि आज एउटा कुरा याद आयो
त्यही कुराले मनमा मेरो खुल्दुली मचायो

भनु भन्न नहुने
कस्तो रोग मायाको यो निको नहुने

जति टाढा तेति गाढा हुन्छ तिम्रो माया
त्यही मायाको सागरमा पौडिन्छु सदा

भनु भन्न नहुने
मुटुभरी अल्झिरहने निको नहुने

वसन्तको हरियाली आउछ बहार बनी
तिम्रो मेरो माया पनि रहोस् अजम्वरी

भनु भन्न नहुने
काउकुतिले सताइरहने निको नहुने ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।