प्रेम दिवसले चोर्न सिकायो : रञ्जना पराजुली लम्साल (लघुकथा)

प्रेम दिवसले चोर्न सिकायो : रञ्जना पराजुली लम्साल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११ ।

देवा र निलम छत जोडिएका छिमेकी थिए । बेलाबखत छतमा घाम ताप्दा र लुगा सुकाउँदा भेट हुन्थ्यो । घरदेखी माइती सबैका बेलिबिस्तारले लामै भलाकुसारी चल्थ्यो । तलभान्सामा के बसालेको छ दुबैले बिर्सन्थे । जब गन्धमाथी पुग्थ्यो अनिसिँढिका खुट्किला टेक्न नभ्याइ हामफाल्थे हस्याङ्ग– फस्याङ्ग गर्दै ।
दुबैका लोग्ने व्यापारी टन्न पैसा कमाउथे । दुबैका एघारमा पढ्ने एक एक छोरा थिए । बित्दो केही थिएन । सबैथोक पुगेरै होलादुःख कस्तो दुबैलाई थाहा छैन ।
त्यस्तै माघको अन्तिम र फागुनको नेरनेर एकदिनदुबैको छतमा भेट भयो । थाले गफगर्न हुक्काको बेरा वारि र पारी ।
‘निलमदिदी,’
‘हजुर भन्नुन’
‘खानपिन धन्दा सबै सकाउनु भयो ?’ देवाले सोधिन ।
‘उँ, आदिउदि सकाए । पहिला लुगा सुकाउनु पर्यो भनेर माथीउक्लेकी ।’ बिस्तारै निलमले भनिन ।
अरुको कुरा भरसक नगर्ने, प्रसङ्ग चल्दा ए, हो र, होइनहोलात्यस्तो नगर्नु पर्ने यस्तैयस्तैमा कुरा सकिए हुन्थ्यो भन्ने बिचारकी निलम बिस्तारै बोल्ने मिजासिलो स्वभावकि थिइन् भने देवाअरुको कुरा कोट्याइ कोट्याइ तिललाई पहाड बनाउने अझआफू धेरै जान्ने, आफ्नो राम्रोलाई बढाइ चढाइ र नराम्रोलाई लुकाउने धुर्त स्वभावकि थिइन् ।
‘हेर्नुन निलम दिदि, यो भ्यालेन्टाइन्डे कति लागेको हो मेरो छोरोलाई । कहिले यति ठूलो क्याटबरी ल्याउँछ चक्लेटडे भन्दै कहिले केडे भन्छ कहिले केडे भन्छ ।’
‘ए, हो र देवाबहिनी’
‘तपाईंको छोराले ल्याएको छैन?’
अँ, अस्तिल्याएको थियो । म पनि दिन्छु पैसा दिनुन भन्यो । मैलेपनि रहर त हो तर उत्ताउलो नहुनु है भन्दै पाँचसय दिए ।’
‘अबुइ पैसा दिनुभएको ?हाम्रोले त मागेन है ।’ देवाले आश्चर्य मान्दै सोधिन् ।
‘साथीले दिएपछि साथीलाई पनि दिनुपर्छ्नी ! हैन र । अझै मेरो छोराले दुईसयले पुर्याएर तिनसयफिर्ता दियो हिजो कलेजबाट फर्किएर ।’
दुईजनाको भलाकुसारी चल्दै थियोे । ‘देवा ए देवा’ देवाको लोग्ने कराउँदै माथी उक्लिए ।
‘हजुर’ भर्खरै निस्कनुभएको के बिर्सिएर फर्कनुभयो । ‘देवालेसोधिन ।
‘एउटा व्यापारीलाई पाँचलाख बुझाउनुपर्ने थियो । हिजो साँझल्याएर डसनामुनी राखेको थिए । अहिले बुझाउने बेलामा पाँचवटै गड्डिमा एउटा एउटा हजारको नोट छैन ।’
देवाआत्तिदै ‘मैले त झिकिन । थाहा पनि थिएन हजुरले पैसा राखेको ।’
‘देवा बहिनी नआत्तिनुहोस् । अहिले छोरा कलेजबाट आएपछि राम्रोसङ्ग सम्झाएर सोध्नु, बाबू आफुले ल्याएको चक्लेट र अरु उपहार दिनेलाई तिमीले कत्रो, केके र कतिवटा दियौ भनेर ।’ आत्तिएकी देवालाई देखेर निलमले सम्झाइन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।