ओखलढुंगामा साहित्यिक संस्था स्थापनामा लाग्दा : काजी रोशन (संस्मरण )

ओखलढुंगामा साहित्यिक संस्था स्थापनामा लाग्दा : काजी रोशन (संस्मरण )

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११ ।

कुनै पनि संस्थाको स्थापनाहुनु समय, परिस्थिति र वातावरणमा भर पर्दछ । त्यसमा व्यक्तिको इच्छा शक्ति, प्रतिबद्धता र दूर दृष्टिकोणको पनि आवश्यकता पर्दछ । यसको अभावमा सँस्था स्थापना भएपनि दिगो चल्न सक्दैन ।
मेरो पहलमा बागलुङमा १ दर्जन सँस्था स्थापनाभएका छन् जुन साहित्य, कलापक्ष, शिक्षा, फरक क्षमता, महिला, ज्येष्ठ नागरिक, सञ्चार, समाज सेवा, महिला स्वास्थ्यआदि संग सम्बन्धित छन् र सबै संस्था स्थापना कालदेखि कृयाशिल रहँदै आएका छन् ।
बागलुङमाभूपि पुरस्कार स्थापना गरे पछि मेरै पहलमाभोजपुरमा“भोजपुर प्रतिमा पुरस्कार” बुटवलका समाजसेवी गणेशमान सैंजुको व्यक्तित्व र योगदानको सम्पादन पछि कर्मयोगी समाजसेवी गणेशमान, कृष्ण प्यारी सैंजु ट्रष्ट, भैरहवामाकविवासुदेव प्रसाद त्रिपाठी स्मृति समिति, पर्वत मल्लाजमामोहनबहादुर मल्ल स्मृति समिति, धनकुटामा गर्गाचार्य विश्वभाषा सामुदायिक पुस्तकलयका संस्थापक टिका प्रसाद लामिछानेको नाममा पुस्तकालयको एक कक्षमा टिकाप्रसाद लामिछाने संग्रहालय, नवजागृति पुस्तकालयको बुटवल कक्षमा समाजसेवी गणेशमान सैंजु संग्रहालय, कपिलवस्तुमासिर्जनशील नारी साहित्य समाज, बागलुङमा नारी साहित्य समाज, बागलुङको गलकोट न.पा.मागलकोट नारी साहित्य समूह, बागलुङको जैमिनी न.पा. मा जैमिनी साहित्यमञ्चआदि गठन र स्थापना भैसकेका छन् ।
यस क्रममा मेरो पहलमाओखलढुंगामा साहित्यिक संस्था २०७८।११।२८ मा स्थापनभएको प्रसंग यहाँ जोड्न चाहान्छु ।
सबै कुराको खोजी अनुसन्धानहुनु सुखद कुरा हो । यहीक्रममामैले आफ्नो राजभण्डारी थर सम्बन्धिखोज खन्तर र देशको कुनकुनगाउँ, ठाउँ जिल्लामा राजभण्डारीको बसोबास छ भनिखोज्दै जाँदाझापाउर्लावारी देखि सोलुखम्बु, खोटाङ हुँदै ओखलढुंगामा सम्पर्क हुनपुग्यो । त्यहाँ सम्पर्क व्यक्तिको रुपमाओखलढुंगा क्याम्पसकाक्याम्पस प्रमुख सुमन राजभण्डारी सामाजिकअभियन्ताकान्ती राजभण्डारीको नाम र नम्बर मलाई काठमाण्डौबाट प्राप्तभएको थियो । मैले बागलुङबाट नै क्याम्पस प्रमुख सुमनलाई फोन सम्पर्क गरेँ । त्यहाँको शैक्षिक, साहित्यिक कुरा समेत जानकारी भयो पछि सिद्धिचरण संग्रहालयका ध्रुवकुमार राजभण्डारीसँगपनि सम्पर्क भयो । उहाँबाट संग्रहालय, सिद्धिचरणको शालिक र संग्रहालयबाट हुने गरेका साथै ओखलढुंगाका साँस्कृतिक, सामाजिकक्रियाकलापको पनिजानकारी भयो । उहाँहरुसँग फेसबुक मार्फत साथी भएपछि ओखलढुंगामा बेलाबखतहुने लोक संस्कृति रोपाइ, लाखेनाच, रामायणनाच आदिआदि संग परिचितहुने अवसर मिल्यो ।
मैले रविचरण श्रेष्ठ (काठमाण्डौ) सँग सम्पर्क राखी सिद्धिचरणको शालिक सम्बन्धि वृहतजानकारी लिएँ । ओखलढुंगामा सिद्धिचरणको शालिकनामका सिद्धिचरण नामको संग्रहालय राजमार्ग, नगरपालिकाको नाम र शैक्षिक संस्थाहरु पनिनामको रहेको अवस्थामा मैले त्यहाँ साहित्यिक संस्था छ छैन त्यसको सोधपुछ गर्दै गएँ । धेरै वर्ष अघि थियो तर अहिले वन्द भैसकेको जानकारी पाएँ । त्यसपछि म ओखलढुंगामा साहित्यिक संस्थाको स्थापनाको लागिपहलमा जुटेँ । ओखलढुंगाका मेरा सम्पर्कको साथीहरुलाई सिद्धिचरण नगरपालिकामाक्रियाशिलयुवा स्रष्टा को छ १÷२ जनाको नामपाउन अनुरोध गर्दा पहिलेका लेख्नेहरु कोहीविदेश कोहीअन्यजिल्लामागइ सके भन्ने जवाफमिल्यो ।
त्यसको लागि म आफैले पहल गर्नुपर्ने सोचेँ । ओखलढुंगाका मेरा साथीइन्द्रकुमार श्रेष्ठको बसाइपनिभक्तपुर भएकोले उहाँलाई फोन सम्पर्क गर्दा एकजनापत्रकारको नामआयो अरु ओखलढुंगा छाडेको धेरै भएकोले त्यति थाहानभएको जानकारी पाएँ । पछि मैले फेसबुक मार्फत ओखलढुंगा सिद्धिचरण नगरपालिकामा साहित्यमा सक्रिययुवा कोहीभएकमेण्ट वक्समानाम र सम्पर्क नम्वर दिनु हुन अनुरोध गर्दछु भनि लेखेँ । तर कसैको नामआउन सकेन ।
पछि सोध्दै बुझ्ने क्रममा डा. भेषनाथखनालेको नाम र सम्पर्क नम्वर प्राप्तभयो । उहाँक्याम्पसकाप्राध्यापकका साथै लामो समय रेडियोमा साहित्यिककार्यक्रम सञ्चालन गर्नुभएको जानकारी भयो । ध्रुवकुमार, कान्ती राजभण्डारी, ममता राजभण्डारीलाई पनि अनुरोध गर्दै गएँ । पछि विस्तारै रेडियोकर्मी नवराजकार्की, प्रा. सोमनाथपौडेल, पूर्व शिक्षकधनरामश्रेष्ठ, पूर्णप्रसाद न्यौपाने, नगर प्रमुख मोहनकुमार श्रेष्ठ, इन्द्रकुमार श्रेष्ठ (खानीभन्ज्याङ) युवराजदाहाल, नारायणबहादुर सैंजु, नरहरी श्रेष्ठ, सरस्वती बानिया (भिजनएफ.एम.) विनु राई (आफ्नो रेडियो) आदिको नाम र सम्पर्क नम्वर प्राप्त भएपछि मैले बागलुङबाटै सबैलाई फोन सम्पर्क गरी सिद्धिचरणको जन्मस्थलओखलढुंगामा एउटा साहित्यिक संस्थाको आवश्यकभएको कुरा उहाँहरुलाई अनुरोध गरे । धेरैले व्यस्त छौ समय दिन सकिन्न कि भने । सबै संग सहकार्य गर्दै म अघि बढेँ ।
विस्तारै मैले संस्था गठन गर्ने सोचलाई अगाडी बढाएँ । संस्थाको प्रस्तावितनाम सिद्धिचरण ओखलढुंगा साहित्य केन्द्र र संस्थाको अध्यक्षको नाम को सम्बन्धमाक्याम्पस प्रमुख समुन, ध्रुवकुमार, डा. भेषनाथखनाल र नगरप्रमुखमोहनकुमार श्रेष्ठको रायलिएँ । नामका सम्बन्धमा सबै अनुमोदन पछि अध्यक्षकसलाई प्रस्तावित गर्ने भन्ने सम्बन्धमा फेरी सबैलाई फोन गरी रायलिएँ । नाम सर्व सम्मती भएपछि सोहीअनुसार मैले फोन गरी संथाको नाम र संस्थाको अध्यक्षमातपाई रहने साथीहरुको सहमतिभयो भनि सुनाएँ । उहाँले स्वीकार गर्नु भएपछि मैले विधानको खेस्रा गर्न अनुरोध गरेँ । त्यस्तै परेमा म पनितयार पारुँलाभने उद्देश्य महलमा एउटा ओखलढुंगा प्रतिमा पुरस्कार प्रदान गर्ने पनि लेख्न होलाभनेँ । उहाँ संग मेरो फोन सम्पर्क हप्ताको १÷२ पटक म आफैले गर्थे पछि १५÷२० दिन एक महिना पछि गर्दा विधानहुँदैछ भन्ने जवाफआयो । त्यसपछि एक महिनादुइमहिनाविराएर फोन गर्दा पनिविधानतयार हँदैछ भन्ने जवाफआयो । पछि क्रमशउहाँले मेरो फोनको कलव्याक त के फोन नै उठाउन छाड्नु भयो ।
तै पनिमैले हरेश खाइनआफ्नै लगावमालागिरहेँ । साथीहरुसँग फोन सम्पर्क आदिगर्दै गएँ । समयवित्दै गएकोले मैले पूर्व शिक्षकधनरामश्रेष्ठलाई संस्थाको अध्यक्ष भै काम अघि बढाउन अनुरोध गरेँ । उहाँले म सेवानिवृत्त शिक्षकहुँकतिकामगर्नी मेरो त रेष्ट गर्ने बेलाहो म अध्यक्षभएर खट्न सक्दिनभन्नु भयो । मैले हजुर ओखलढुंगा सिद्धिचरण न.पा.मा वस्नु हुन्छ पूर्व शिक्षक र साहित्यप्रेमी समेत हुनुहुन्छ । सधैं भरी लागि रहनु पर्ने हैन वेलावखत गर्ने हो हजुरलाई साथदिने समितिका साथी हुन्छ म पनि अटुट सम्पर्कमा रहन्छु हजुरले अलि मन लाई दिनु प¥यो भनि अनुरोध गर्दा उहाँले नाइभन्न सक्नु भएन । त्यसपछि कहिले उहाँले ओखलढुंगाबाट र कहिले मैले बागलुङबाट फोन सम्पर्क गर्ने काम भैरह्यो । अन्तत२०७८ फाल्गुण २८ गते ओखलढुंगा सिद्धिचरणको शालिक परिसमाउपस्थित भेलाले ओखलढुंगा साहित्य प्रतिष्ठानको नाममानिम्नपदाधिकारी, सदस्यहरु रहेको कार्य समिति गठन भयो । उहाँहरु निम्नप्रकार हुनुहुन्छ–
अध्यक्ष घनश्याम श्रेष्ठ
सचिव डा. भेषनाथखनाल
सदस्य शिवप्रसाद ढुंगाना
सदस्य कुम्भराज राई
सदस्य ध्रुवकुमार राजभण्डारी
सदस्य रामहरी श्रेष्ठ
सदस्य विरेन्द्र ग्यावतामाङ
सदस्य डिल्ली कुमार कार्की
सदस्य पेम्वालिङमा शेर्पा
संस्था स्थापना पछि ओखलढुंगामा केहि तरङ चल्यो । परस्पर कुराकानी र संस्थालाई गतिशिलबनाउनआन्तरिक कुराकानी बढदै गयो । म पनिअध्यक्षधनरामश्रेष्ठसँग अटुट सम्पर्क गर्दै गएँ । संस्थालाई बलियो बनाउनआजीवन सदस्यबनाउनतर्फ तरखर गर्ने कि आदि सल्लाहगर्दै गएँ । संस्थाले पहिलो पल्ट कवि सिद्धिचरणको १११ औं जयन्ती २०७९ जेठ ९ गते भव्य रुपमा सम्पन्नग¥यो । त्यस समारोहमा सिद्धिचरण न.पा.का नगर प्रमुखओखलढुंगाका सरकारी कार्यक्रम, गन्यमान्य, विभिन्न संघ संस्थाको उल्लेखनीयउपस्थिति रहेको थियो । त्यहाँ रचनावाचनगर्नेहरुमा प्र.जि.अ. दिलबहादुर तामाङ, प्रतिष्ठानका अध्यक्षधनरामश्रेष्ठ, वीरेन्द्र ग्यावातामाङ, ज्ञानमाया राई, डा. भेषनाथखनाल, बालगोविन्द राजभण्डारी हुनुहुन्थ्यो । ओखलढुंगामा प्रतिष्ठानको स्थापना पछि संस्था सम्बन्धीचर्चा परिचर्चा र संस्थालाई दरिलो बनाउने सम्बन्धमापनि परस्पर विचार विनिमयहुँदै गयो । ओखलढुंगामा मिति२०७९ असार १० गते उपस्थित वृहत भेलाले संस्थालाई थप परिमार्जन गर्दै सल्लाहकार समितिको पनि गठन ग¥यो जुन यस प्रकार छ–

अध्यक्ष धनरामश्रेष्ठ पूर्व शिक्षक
सचिव डा. भेषनाथखनाल प्राध्यापकओलढुंगा क्याम्पस
कोषाध्यक्ष ध्रुवकुमार राजभण्डारी समाजसेवी
सदस्य शिवप्रसाद ढुंगाना पत्रकार
सदस्य कुम्भराज राई पत्रकार
सदस्य रामहरी श्रेष्ठ रेडियोकर्मी
सदस्य विरेन्द्र ग्यावतामाङ सिद्धिचरण नगरपालिकामाकार्यरत कर्मचारी
सदस्य डिल्ली कुमार कार्की प्राचार्य सगरमाथाजनतामा.वि.
सदस्य पेम्वालिङमा शेर्पा साहित्यप्रेमी
सदस्य युवराजदहाल शिक्षक
सदस्य वोधनारायण श्रेष्ठ पत्रकार
सदस्य ज्ञानमाया राई साहित्यप्रेमी
सदस्य सरस्वतीबानिया रेडियोकर्मी
सदस्य प्रमिलाश्रेष्ठ रेडियोकर्मी
सल्लाहकार
मोहनकुमार श्रेष्ठ पूर्व नगर प्रमुख सिद्धिचरण नगरपालिका
ज्ञानेन्द्र मास्के अध्यक्षओखलढुंगा उद्योग वाणिज्य संघ
सुमन राजभण्डारी क्याम्पस प्रमुखओखलढुंगा क्याम्पस
बालकृष्ण श्रेष्ठ सरकारी कर्मचारी
उमंगश्रेष्ठ वडा अध्यक्ष सिद्धिचरण नगरपालिका वडा नं. १२
किरण श्रेष्ठ व्यापार
विनोदताम्राकार वडा अध्यक्ष सिद्धिचरण नगरपालिका वडा नंं ११
शिवप्रधान सिद्धिचरण न.पा.माकार्यरत कर्मचारी
भैरव के.सी. पूर्व कर्मचारी
कान्ती राजभण्डारी शिक्षिका
मोहन के.सी. समाजसेवी
ओखलढुंगामा संस्था स्थापना गर्ने क्रममा मैले बागलुङबाट सम्पर्क गरेका महानुभावहरु
मोहनकुमार श्रेष्ठ–पूर्व नगर प्रमुख सिद्धिचरण न.पा. ओखलढुंगा
इन्द्रकुमार श्रेष्ठ–भक्तपुर
क्याम्पस प्रमुख सुमन राजभण्डारी–ओखलढुंगा
समाजसेवी ध्रुवकुमार राजभण्डारी–ओखलढुंगा
डा. भेषनाथखानाल–ओखलढुंगा
शिक्षिकाकान्ती राजभण्डारी–ओखलढुंगा
पूर्व शिक्षक घनरामश्रेष्ठ–ओखलढुंगा
शिक्षिकापुष्पकला राजभण्डारी–ओखलढुंगा
शिक्षकममता राजभण्डारी–ओखलढुंगा
विन्दीया राजभण्डारी–ओखलढुंगा
पत्रकार नवराजकार्की–ओखलढुंगा
सरस्वतीबानियाँ–भिजनएफ.एम. ओखलढुंगा
विनु राई–आफ्नो रेडियो ओखलढुंगा
रामहरी श्रेष्ठ–आफ्नो रेडियो ओखलढुंगा
विद्यार्थी अनुकापुलामी मगर–ओखलढुंगा हालभक्तपुर
रविचरण श्रेष्ठ–काठमाण्डौ
बद्रिलाल राजभण्डारी–काठमाण्डौ
शिक्षिका रञ्जु राजभण्डारी–साँखु, काठमाण्डौ
बिन्दाबन्जनी–ओखलढुंगा
बालगोविन्द राजभण्डारी–काठमाण्डौ
मैले फोनगर्दा मलाई यथोचित सूचना, राय, सल्लाहदिनु हुने सबै सज्जन महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन पनिगर्दछु । सबैबाट पाएको सकरात्मक भावना बाट नै यो कार्य सम्पन्न हुन गएको हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।