साइकलवाला : मधुसूदनप्रसाद घिमिरे (लघुकथा)

साइकलवाला : मधुसूदनप्रसाद घिमिरे  (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११ ।

साइकलमा ऊ हिडीरहेकै थियो। मुलबाटोमा सुरक्षाकर्मीले भन्यो ‘ए भाइ साइकिल पर हटाउ ।’ उस्ले सोध्यो ‘किन र ?’ सुरक्षाकर्मिले भने ‘अहिले सवारि छ ।’
उस्ले भन्यो मैले केहीओखति किनेर ल्याएको छु । अस्पतालामा मेरो परिवार बिरामी छ । यो ओखति छिट्टै त्याहा पुर्याउनु  पर्छ ।
सुरक्षाकर्मिले भने एकैछिन पछि सवारी सकिन्छ अनिजानु । उस्ले भन्यो – ‘आज प्रजातन्त्र दिवस हाम्रो देशमा राजा हटी सके । अब हामी जस्तै नागरिक नै राष्टपति भएका छन् ।अनि के को सवारी भन्नु भो ? सुरक्षाकर्मीले जवाफदिए ‘राष्टपति नै आउने हो । हामीलाई आदेश यस्तै छ । चुपलागेर बस नत्र जाकि दिउला खोरमा ।’
आज प्रजातन्त्र दिवस मनाइरहँदा हामीले बाटोमा हिड्न समेत नपाउने भएपछि राजा हट्नु र नहट्नुमा हामी नागरिकलाई फरक के भो त ?हामी एक छेउमा हिडी रहन्छौ । अर्काे छेउबाट सवारी चले भै गो नि । सुरक्षाकर्मी यो सुनेर पछाडी फर्क्यो  ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।