“नेपालीलाई भारतीय सिमकार्डमा बन्देज”

“नेपालीलाई भारतीय सिमकार्डमा बन्देज”

कपन अनलाइन 

काठमाडौँ, साउन २० / अमर प्रकाश तिवारी 

 आजकल जुरुक्क उठेपछि सबैभन्द पहिले हेरिने नै मोबाइल हो । के छ, रातभरमा के भयो, संसारमा नया नौलो के हुदै छ, कही आपत बिपत के भयो, मेरो साथीले के गर्यो, छिमेकीले ले गर्दै छन्, हिजो के भयो अब के गर्ने, उनीहरु के गर्दै छन् ती सब कुरो बिहान उठ्ने बित्तकै चाहिने अत्याबश्यक खुराक नै भैसकेको छ । एकै छिन् सोचौ त तपाइको मोबाइल हरायो या कतै पर्यो, डाटा चलेन, वाई फाई चलेन या तपाइको सम्पर्क नम्बर नै छैन । के हुन्छ ! स्तब्ध र अचम्म नै हुन्छ नि …होइन ? संचार संग अलग हुनुपर्ने बाध्यात्मक अवस्था आजकल भारत प्रवेश गर्ने जो कोहि नेपालीको सामान्य पीडा नै भैसकेको छ । जो भारतमा उपचार्थ जान्छन, जो तिर्थ यात्री या जे सुकै कारणले भारत प्रवेश गरेपनि संचार मध्यमबाट भारतीय सरकारले नेपालीलाई सिम कार्ड लिने ढोकासबै बन्द गरिदिएको छ । ब्यापारी लगायत नेपालबाट भारत तर्फ जाने नेपालीहरुले भारतीय मुलुकोको सिम कार्ड लिन पाउदैनन ।
पहिले पासपोर्ट या नागरिकताको फोटो कापीका आधारमा सहजै दिइने सिम कार्ड अहिले बन्द नै गरिएको छ । भारत भ्रमण या जुनकुनै कामले भारत आउने प्रबेशाज्ञा (भिसा) भएका बिदेशी नागरिक या भारतीय आधार कार्डलाइ मात्र मान्यता दिएको हुनाले सबै भारतीय दुरसंचारकाले भिसा या आधार कार्डका आधारमा मात्र सिम बितरण गर्ने गर्छन । तर नेपालीसंग न भिसा हुन्छ न त आधार कार्ड नै । नेपाल भुमि छोडेर नेपाली सिम कार्डले जहासम्म पहुच पुर्याउछ त्यहाँ सम्म नेपालीहरुले सामाजिक संजाल, दुरसंचार संग जोडिन पाउछन । नेपालीहरु भारत जुन कुनै कारणले जादा या भारतीय नेपाल जुन कुनै कारणले आउदा पनि खुल्ला सिमाना र राष्ट्रिय मान्यताका परिचयपत्रले सहज प्रवेश पाउछन, यिनीहरुलाई एक अर्काको भूमिमा प्रवेशको लागि भिसा आवश्यक पर्दैन । यद्यपी, अचानक भारतले सिमकार्ड प्रति गरेको पछिल्लो कदमले भारत प्रबेस गर्ने जोकोही नेपालीहरुलाई हदै सम्म अप्ठ्यारो परेको छ ।
केहिबर्ष अगाडी भारतका कतिपय ठाउहरुमा भने नेपाली सिम नै प्रयोग गर्ने गर्दथे, तर अझै पनि नेपाली सिमकार्ड सहज हुने हुदा भारतिय नाका इलाकामा नेपाली सिम कार्ड प्रयोग गर्दछन । त्यस्तै भारतकै पिथौरागढ र चमोली जिल्लाका धेरै गाउँले विगत केही वर्षदेखि नेपाल टेलिकम सेवा र मोबाइल इन्टरनेटका लागि मोबाइलमा नेपाली सिमकार्ड प्रयोग गर्दै आएका छन् । यस क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयले मात्र होइन, सैनिकले पनि नेपाली सिमकार्ड प्रयोग गर्ने गरेका छन् । यसका लागि उनीहरूले आइएसडी कल रेट तिर्नुपर्ने भए पनि सञ्चारको एक मात्र माध्यम भएकाले नेपाली सिम प्रयोग गर्न बाध्य छन् ।
सन् २०१५ मा तत्कालिन भारतीय गृह राज्यमन्त्री किरेन रिजिजुले आफ्नो दुई दिने उत्तराखण्ड भ्रमणका क्रममा धार्चुला, कालनापानी, कुटी, नाभिडाङ, बूढीका करिब २० हजार भारतीय नागरिकहरुले नेपालको सञ्चार सेवा प्रयोग गरिरहेको देखेको बताए । अचम्मको कुरा त के भने त्यहाँ तैनाथ सुरक्षाकर्मीले समेत नेपाली सिमकार्ड चलाउने गरेका थियो । तर यता नेपाली पर्यटक, ब्यबसायी, बिध्यार्थी, उपचार गर्ने जाने नेपालीहरु जो कोहीलाई पनि भारतीय भूमिमा प्रवेश पछि दुर संचार मध्यम, समाजिक संजाल लगायत बाट बन्चित हुनुपरेको तितो यथार्त छ, जसले व्यापक असुविधा हुनुको साथै सामान्य कुरोहरु जस्तै परिवार संग सम्पर्क समेत गर्न मुस्किल परेको छ ।
हरेक छ महिना भारतको एक अस्पतालमा आफ्नो उपचार गर्न जाने एक नेपालीले भने, यस्तो गारो थिएन अचानक नेपाली पासपोर्ट या नेपाली नागरिकताले सिम कार्ड नपाउने भएकोले उपचार गर्न जान नै छोडि दिए, उपचार त सहज र सस्तो थियो तर लामो समय भारतमा बस्नु पर्ने भएको तर सामाजिक संजाल या मोबाइल बिना बस्न नसकेर नै उपचार गर्न जान छोडेको बताउछन । नेपाल भारत बीच सदियौको सम्बन्ध रहनुका साथै जातीय, सास्कृतिक सम्बन्द भएको भाइ बन्धुको नातामा भारत सरकारले गरेको सिमकार्ड बितरण प्रणालीमा हेरफेर गर्नै पर्ने देखिन्छ ।नेपालीलाई भारत प्रबेस संगै संचार मुक्त गर्ने अबिलाषाले पक्कैपनि भारतले सिमकार्ड सम्बन्धी नीति कडा गरेको होइन, तर जे नीति बन्यो त्यसले नेपालीहरुलाई सहज भने बनाएँन । अहिलेको २१औ संचारको युगमा भारतले सिमकार्ड वितरण प्रणाली प्रति लिएको नीतिले भारत प्रवेश गर्ने कुनै पनि नेपालीलाई सहज भएको छैन, र कुनै नेपाली जे कारणले भारत प्रबेश गरेपनि नेपाली परिचयको आधारमा भारतीय सिमकार्ड उपलब्ध गराउने लचिलो कानुनी परिमार्जन हुन जरुरि देखिएको छ ।
( लेखक कागेश्वरी मनोहरा नगरपालिका  वडा  नं ६ निवासी हुन।  उनले  राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन  भने उनि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन। )
तपाइँको प्रतिक्रिया ।