काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा शशक्त बन्दै श्रीकृष्ण श्रेष्ठको दावी……

कपन अनलाइन

काठमाण्डौ ,साउन २०।

नेकपा एमाले बुढानिलकण्ठ नागा कमिटीका सचिव श्रीकृष्ण श्रेष्ठ काठमाण्डौ क्षेत्र नं ४ (२) मा नेकपा एमालेका तर्फबाट प्रदेस सभा सदस्यका लागि शशक्त दावेदारका रुपमा देखिएका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा निर्वाचित भएर उल्लेखनीय कमम गरेका श्रेष्ठले पार्टीको निर्देशन मान्दै २०७९ सालको निर्वाचनमा संगठनमा सक्रिय बनेर जिताउन महत्वपूर्ण भूमिका निर्वाह  संगै अहिले प्रदेस क्षेत्रमा उनलाई  दावेदारका रुपमा लिन थालिएको छ।

लामो समय सम्म नेकपा एमालेक विभिन्न जिम्मेवारीमा रहेका श्रेष्ठ काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सहसचिव हुन् भने नगरपालिकाका विभिन्न समितिहरुमा  सक्रिय रहेका थिए।

साविक चुनिखेल गाविस रहेको अवस्थामा स्थानीय विकास निर्माणमा सक्रिय रहेर सामाजिक व्यक्तित्वको पहिचान बनाएका श्रेष्ठले २०७९ सालको स्थानीय तहको निर्वाचनमा प्रचारको कमाण्ड सम्हाल्दै सुखद नतिजा ल्याउन गरेको मेहनतको चर्चा काठमाण्डौ क्षेत्र नं ४ मा हुने गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ ( २ ) को भूगोल बुझेको र कार्यकर्ता विच भिजेको युवा नेतृत्व भएकोले श्रेष्ठलाई शशक्त दावेदारका रुपमा लिन सकिने एक बुद्दिजीवी बताउछन।

 

तपाइँको प्रतिक्रिया ।