१२ औं एक्सेल्सियर कप: पुष्पसदनलाई सफलता
पुष्पसदनले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शनिबार सफलता हात पारेको छ ।
स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा पुष्पसदनले बाल दीक्षा सदनलाई ४५–३६ ले पराजित गर्यो। पुष्पसदनका सम्राट लामाले २४ अंक जोडे । सिनियर ब्वाइजमै रेडियन्ट पब्लिकल ओरेकल रेलाई ५७–३६ ले हरायो । रेडियन्टका सुसनराज न्यौपानेले १४ स्कोर गरे ।
सिनियर गल्र्समा रेडियन्ट पब्लिकले बाल दीक्षालाई २१–९, एक्सेल्सियरले ल्यान्डमार्क एकेडेमीलाई २०–१७ र चाँदबागले न्यु जेनिथलाई २९–९ ले पाखा लगाए । रेडियन्टकी सेजल रोक्काले ९, एक्सेल्सियरकी सीमा थापा मगरले ७ र चाँदबागकी सौर्य बाराकोटीले ६ अंक बटुले ।
फुटसल ः
एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–९ मा एक्सेल्सियर (रेड) ले एक्सेल्सियर (ग्रिन) लाई १०–१ तथा एक्सेल्सियर (नीलो) ले एक्सेल्सियर (ग्रिन) लाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरे ।
यु–११ रिब्सले बोधीसत्वलाई ७–०, राई स्कुलले बोधीवृक्षलाई ४–० र राई स्कुलले रिब्सलाई १–० गोलले हराए ।
यु–१३ मा कोहिनुर र रेडियन्ट पब्लिक तथा रेडियन्ट पब्लिक र बोधीसत्वबीचको खेल बराबरीमा सकियो । दुवै खेल १–१ गोलको बराबरीमा टुंगियो ।
यु–१६ मा एक्सेल्सियर (नीलो) ले रेडियन्ट पब्लिकलाई ६–२, किड्स लर्निङले बोधीसत्वलाई २–० र न्यु अरुणोदयले रेडियन्ट पब्लिकलाई ५–० गोलले हराए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
