श्रीलंकाको संकट र नेपाल

श्रीलंकाको संकट र नेपाल

कपन अनलाइन 

काठमाडौँ, असार ३१/  अमर प्रकाश तिवारी 

श्रीलंकामा यस्तो प्रतिस्पर्धा भयो कि त्यो दौडमा श्रीर्ष नेताहरु नमज्जाले पछारिए र देश नै डुब्यो । राजपाक्षेको अधिनायकवाद, नातावाद, क्रोनिज्म (अधिकारको अनुचित प्रयोग गरि आफ्नैलाई राजनीतिक नियुक्ति गरिने प्रबिधि) आदिको संयोजन मार्फत, राजापाक्षे परिवारले श्रीलंकाको अर्थतन्त्रलाई डामाडोल बनाए । अनन्त श्रीलंका अहिले चरम आर्थिक अभाब हुनुका साथै नागरिक कष्टकर जिबन जिउन बाध्य छन् । पेट्रोलियम छैन नै, खाद्यान्न, औषधि लगायत दैनिक उपभोग्य बस्तु लगभग ठप्प रहेको छ । नेपाली नेताहरुले पनि श्रीलंकाको राजापाक्षे मार्ग अबलम्बन गरेको बिज्ञहरुले आरोप लगाउन थालेका छन् । तुलनात्मक रूपमा अत्यधिक बढेको मूल्य वृद्धि र टाट पल्टदै गएका बैंकहरु अवस्थाले कतै नेपाल पनि एकाध महिनामा श्रीलंकाको अवस्था हुने हो कि भन्ने त्रास एकातिर छ भने, यस्तो जटिल अवस्थामा पनि नेतृत्वले
 खास महसुस हुने गरि कुनै कदम नचालेकोले आमनागरिकमा श्रीलंकाको अवस्था हुने त्रास झनै थपिएको छ ।
अझ भन्ने हो भने विगत दुई वर्षदेखि कोरोना संकटसँग जुधिरहेको विश्व सन् २०२२ मा रुस र युक्रेनबीचको युद्ध सुरु भएदेखि आर्थिक रुपमा समस्या भोग्न थालेको छन् । यो लडाइँ सुरु भएदेखि नै यसको प्रभाव विश्वको अर्थतन्त्रमा देखिएको छ भने नेपालमा पछिल्लो समय बैदेशक मुन्द्रासंचयमा व्यापक ह्रास आएको र मूल्य बृद्धि आकासिएको तथ्य सार्बजनिक भएका छन् । झण्डै दुई दशकको लामो समयदेखि, चार जना राजपक्षे दाजुभाइ र उनीहरूका छोराहरूले श्रीलंकालाई पारिवारिक व्यवसायको रूपमा चलाइरहेका थिए र त्यो अव्यवस्थित र अराजक ब्यबस्थापनमा संचालित थियो । समग्र नेपालको राजनीतिक नेतृत्वमा आफ्नै दाजुभाई नै नभए पनि, दशककै देखि बिभिना दलहरुमा त्यही अनुहारले नेतृत्व गरेको र कुनै महसुसिय परिबर्तन गर्न नसकेको वास्तविक नेपालको अवस्थासंग, बर्तमान श्रीलंकाको अवस्थाको नेतृत्व गर्ने राजपक्षेले संग दाज्दै गर्दा धेरै हदसम्म नेपाल र श्रीलंका एकै-समान्तर रेखामा रहेको विज्ञहरुको राय छ ।
कृषि र पर्यटन नै प्रमुख आय भएको श्रीलंका संग नेपालको  आयश्रोत पनि ठ्याकै मिल्दो छ । यधपी, केहि दिन अगाडि नेपाल राष्ट्र बैंकको तथ्य सार्बजनिक हुदा भने नेपालीहरुले राहतको सास फेरेका छन् । नेपाल आर्थिक संकटमा नरहेको र श्रीलंका नहुने केही तर्कहरु विज्ञहरुको छ, जसमा नेपाल र श्रीलंकाको कूल गार्हस्थ्य उत्पादनको आकार दोब्बर अन्तर रहेको, कूल गार्हस्थ्य उत्पादनको तुलनामा नेपालको कूल राष्ट्रिय ऋण ४०.५ प्रतिशत र श्रीलंकाको १११ प्रतिशत रहेको, नेपालको कूल संचिति करिब ७ महिनाको रहेको तथा सेवा आयात धान्न सक्ने रहेको छ भने श्रीलंकासँग आयात गर्ने संचित बिदेशक मुन्द्रा नरहेको अवस्था हो ।
त्यस्तै अहिले नै ६३४ मेगावाट बिजुली भारत निर्यातको सम्झौता छ र एकध बर्षपछी १६०० मेगावाट बिजुली भारतलाई बेच्ने तयारी छ, जसले भारतसंगको ठुलो ब्यापार घाटामा राहत पुग्ने देखिन्छ भने सिमेन्ट, बियर, चाउचाउ लगायतका बस्तुको निर्यातले पनि नेपालको बैदेशिक मुद्र संचित अबस्थामा थप बल पुग्ने छ र साथै अन्य जडिबुटी जस्तै यार्सागुम्बा जस्ताको अन्तराष्ट्रिय बजारमा माग रहदै आएको छ जसले बैदेशिक मुन्द्रमा थप टेवा दिदै आएको छ। त्यस्तै नेपाल सरकारले विलासी सामानमा प्रतिबन्द लागेको हुनाले पनि ब्यापार घाटामा राहत पुग्ने देखिन्छ भने गत महिनाको तथ्यांकमा देखिएअनुसार पर्यटनको सुचांक पनि हरियो देखिएको छ । श्रीलंकाको वर्तमान संकटको तत्कालीन कारण राज्य नीति र विदेशी मुद्राको चरम अभाव हो ।
यसरी विदेशी मुद्रा अभाव विभिन्न घटनाका कारण नतिजा हो । कोभिड १९ र २०१९ को इस्टर बम विस्फोट काण्डले पर्यटनमा व्यापक गिरावटले आर्थिक मन्दी तर्फा उन्मुख श्रीलंका त्यतिबेला फितलो राजनीतिले पनि चुक्यो । र साथै महामारीले विदेशमा रोजगारी गरिरहेका हजारौँबाट प्राप्त हुने रेमिट्यान्स एकाएक घट्यो । राष्ट्रपतिले लागू गरेको कर कटौती, आयातमा बृधि र कुल ग्रहिस्था उत्पादनमा ह्रासले राज्यको आय झनै घटायो । यी सबै कारणले श्रीलंकाको करिब ५२ अर्ब डलर ऋणमा चुर्लुम्म डुब्यो भने यसैवर्ष तिर्नुपर्ने करिब ७ अर्ब ऋण तिर्न नसक्ने अवस्थामा आयो र अनन्त देश नै टाट पल्ट्यो । यो पाठ नेपाली जनता, राजनीतक दलहरु र राज्य संचालकले राम्रै बुझेका छन्, श्रीलंकाको दाजोमा कुटिल शासक र सक्षम नेतृत्व भएको नेपाल, कुनैपनि कोणबाट श्रीलंका नहुने विज्ञहरुको तर्क छ यद्यपि, सचेत र दुरदर्शी योजनाहरुको अभाव अझै खड्केको छ ।

तपाइँको प्रतिक्रिया ।