राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान)को अध्यक्षमा सौर्यनाथ आचार्य , को को बने पदाधिकारी?

राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान)को अध्यक्षमा सौर्यनाथ आचार्य , को को बने पदाधिकारी?

कपन अनलाइन

काठमाडौँ, असार ३१ । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) को तेस्रो अधिवेशन सम्पन्न भएको छ । बिहिबार ओसिस पार्टी प्यालेसमा प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राईको प्रमुख आतिथ्यता भएको उक्त अधिबेशनमा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, प्याब्सन केन्द्रीय सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष प्रेम कुमार राइ,प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष सुर्य बहादुर भण्डारी   प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष रीता राइ दाहाल, प्याब्सन काठमाडौं जिल्ला सचिव सुदर्शन थापा, प्याब्सन काठमाडौं महानगर अध्यक्ष ज्ञान बहादुर श्रेष्ठ, एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष मोहन अधिकारी, प्याब्सन गोकर्णेश्वर  सह सचिव अनिल पराजुली    प्याब्सन गोकर्णेश्वर अध्यक्ष दुर्गानाथ सिवाकोटी, प्याब्सन कागेश्वरी अध्यक्ष श्रीराम दाहाल लगायत निसानका पधाधिकारी सहित बिभिन्न बिध्यालयका प्रतिनिधिरहेको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता  राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान)का अध्यक्ष ओम प्रसाद ढकालले गरेका थिए  ।

कार्यक्रममा राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान)का  कोषाध्यक्ष नवराज सापकोटाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान)का अध्यक्ष ओम प्रसाद ढकालले अध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, प्याब्सन केन्द्रीय सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष प्रेम कुमार राइ,प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष सुर्य बहादुर भण्डारी  प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष रीता राइ दाहाल प्याब्सन गोकर्णेश्वर  सह सचिव अनिल पराजुली    लगायतले संस्थागत बिद्यालयको हकहितको बिषयमा चर्चा गर्दै अधिबेसन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) को तेस्रो अधिवेशनले सौर्यनाथ आचार्यको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ  । बरिष्ठ उपाध्यक्षमा अरुण पौडेल उपाध्यक्षमा जित बहादुर बस्नेत, उपाध्यक्ष  युवराज काफ्ले,महासचिब नवराज सापकोटा,उप महासचिब अरुण प्रधान, उप महासचिव घनेद्र भट्टराई,सचिब राजेश घिमिरे सचिब  अर्जुन प्रधान  कोषाध्यक्ष सुरेश कुमार भट्टराई सह कोषाध्यक्ष पुष्पा प्रधान निर्वाचित गरेको अधिबेसनले सदस्यहरुमा दोर्जे शेर्पा, राजेन्द्र बिष्ट,दिनेश बस्नेत, ,डम्बर बहादुर भट्टराई , रमा पोखरेल ,शिवमणि ढकाल, बिक्रम पौडेल,निराजन सेढाई सर्वसम्मत रुपमा निर्वाचित भएका छन।

नव निर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि  प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राईले शुभकामना ब्यक्त गरेका थिए भने निसानका निवर्तमान अध्यक्ष ओम प्रसाद ढकाललाइ सम्मान समेत गरिएको थियो।राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान)को तेस्रो अधिबेशन बाट सर्वसम्मत रुपमा अध्यक्षमा  निर्वाचित  सौर्यनाथ आचार्यले सबैलाई धन्यवाद ब्यक्त गर्दै संस्थागत बिध्यालयको हकहितमा आवाज उठाउदै सबै संग सहकार्य गर्दै  संघठन बिस्तार गरिने बताएका थिए। उनले संस्थालाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।