ओखलढुंगा रामपुरका दिपक दाहाल २१ वर्षमै बने लेखक

ओखलढुंगा रामपुरका दिपक दाहाल २१ वर्षमै बने लेखक

कपन अनलाइन

काठमाण्डौ ,असार ३१।

ओखलढुंगा जिल्लाको रामपुरमा जन्मेका दिपक दाहालले भर्खरै “Success Entrance ” नाम गरेको पुस्तक प्रकाशित गरेका छन् । सानैदेखी पढाईमा प्रथमहुदै आएका दिपकले एसईई ,प्लस्टु र हाल इन्जिनियरिङ पनि पुर्ण छात्रवृत्तिमा नाम निकालेर पढ्दै आएका छन् ।

दाहालले आफू इन्जिनियरिङ पढ्न सुरु गर्दा नै नेपालका ठुला शैक्षिक संस्थामा र नेपालका विभिन्न क्षेत्रमा गएर इन्जिनियरिङ प्रवेश परिक्षा पढाईसकेका छन् । उनको यो चार बर्षको लामो अनुभवमा विद्यार्थीको चाहाना अनुरुपको किताब नपाईएको महसुस गरेपछि आफुले विद्यार्थीलाई सजिलो होस् भनेर किताब प्रकासन  बताए ।

उनले अहिलेसम्म पचासहजार भन्दा बढी युवा विद्यार्थीलाई मोटिभेट गरि सकेका छन् । ऊनी अहिले युवा विद्यार्थीकालागी निकै नै लोकप्रीय बनेका छन् ।उनको बुक प्रकाशित भएको दिनमै १०० कपि भन्दा बढी बिक्रि भईसकेको छ ।

तपाइँको प्रतिक्रिया ।