व्यवहारिक शिक्षा , आधुनिक शिक्षा र मिठाराम दाई !
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २७/उज्ज्वल प्रताप उपाध्याय
शैक्षिक बेरोजगारी हाम्रो देशको वास्तविक अवस्था हो। अझै पनि हामी SEE, +2, Bachelor, Masters डिग्री लाई नै ज्ञानमा मापन गर्छौ। १ नम्बर मात्र कम आएर परीक्षा अनुत्तीर्ण हुँदा कोही अज्ञानी र त्यही १ नम्बर बढि आएर परीक्षा उत्रिण हुँदा ज्ञानी कहलिन्छन्। तर ती डिग्रीहरु हाम्रो समाज/राष्ट्रका लागि कति व्यवहारीक छन् भनेर आज सम्म पनि हाम्रो सरकारले चासो राखेको पाईँदैन।
त्यसैको नतिजा हो अहिलेको सिर्जित अवस्था। सुन्दा अचम्म लाग्न सक्छ, हाम्रो देशको पढाई भनेको बिदेशी माटो सुहाउँदो छ। अमेरिका, अस्ट्रेलियामा वा भनौ विकशित राष्ट्रमा मात्र अराई खटाई गर्न सहज हुँने खाल्को छ।
सजिलो सँग भन्दा, हाम्रो पढाई भनेको creativity प्राय शुन्य हुँने खाल्का छन्। लोक सेवा को परीक्षालाई नै भन्ने हो भनेपनि दक्ष जनशक्ति छान्ने बहुआयामिक पाटो भन्दा पनि समग्रमा परीक्षा निश्पक्ष बनाउने एक मात्र पाटोलाई समेटेर अगाडि बढेको पाईन्छ। फलस्वरूप, व्याङ्ग्यात्मक रुपले लोक सेवालाई धेरैले घोकसेवा पनि भन्न थालेको पाईन्छ। विश्वका केहि धनाड्य व्यक्तिले दिएको अभिव्यक्तीलाई हामीले सजिलै नकार्न सक्दैनौं।
‘ईलन मक्स’ जो अहिलेका संसारकै धनाड्य व्यक्ति हुन्। उसैले नै डिग्रीको सर्टिफिकेटलाई भन्दा पनि ज्ञानको मापन गरेर मात्र रोजगारीमा राख्ने गरेको कुरा सार्वजनिक रुपमै भन्दै आईरहेका छन्। सायद त्यही पृथक सोचले गर्दा नै होला उहाँ अहिले अरु भन्दा सफल हुँनुहुँन्छ। हामीले ज्ञानको कुरा गर्दै गर्दा, हाम्रो पूर्विय दर्शनलाई पनि छुटाउनु हुँदैन। हाम्रो ग्रन्थ, विशेष गरि भाग्वत गिता र चार वेदले नै दिनै शिक्षालाई नै हेर्ने हो भने पनि संसार मात्र नभएर सारा ब्रमाण्डको नै ज्ञान समेटिएको पाईन्छ। मान्छेहरू हाभर्ड विश्वविद्यालय किन जान खोज्छन्? अर्थशास्त्रका आधार पढ्न मात्र त होइन।
ती कुरा त हाम्रो देशमा पनि पढाइन्छ, यहाँ हामीले पढाउने कुरा र त्यहाँ पढाइ हुने कुरामा खासै भिन्नता छैन। भिन्नता छ त केवल शैलीमा। विद्यार्थीले हाभर्ड रोज्नुको कारण नेटवर्क, कनेक्सन र अवसरको ठूलो परिधि हो। त्यहाँ पढ्ने विद्यार्थीलाई जागिर दिन कम्पनीहरू क्याम्पसमै आउँछन्। उनीहरूले पनि theoretical भन्दा practical पाटोलाई नै महत्त्व दिईएको पाईन्छ। ज्ञान आर्जनको लागि स्वअध्यनको धेरै नै भुमिका रहन्छ। यसलाई बाहिरी किताब, समाचारहरु, सामाजिक वहस, अनुसन्धान र अनुभव बाट पनि आर्जन गर्न सकिन्छ।
भक्तपुरको कुमाले हेर्नुस वा पाटनको शिल्पकार, अनीहरुले कुन स्कुल वा विश्वबिधालयबाट सीप सिकेका हुँन् र? समाजशास्त्र अध्ययन गर्न समाजलाई नै खुला किताबको रुपमा लिएका एक व्यक्ति हुँन् ‘मिठाराम अधिकारी’। उनी अहिले बुढानिलकण्ठ नगरपालिका का सूर्य ध्वजाबाहक उमेदवार पनि हुन्। उनको पनि शैक्षिक योग्यताको केहीले प्रश्न उठिईराखेका छन्।
उनको समग्र भोगाई र सिकाईलाई ओझेलमा पार्न खोजीराखेको पनि पाईन्छ। चुनाव अघिको राजनीति फण्डा को रुपमा यसलाई विभिन्न राजनैतिक दल निकट कार्यकर्ता र पत्रकारहरुले हात धोएर लागेको पनि छन्।
तर, अचम्म त यो छ कि, यतिका बावजुत पनि कपनका सर्भसाधारणहरुले मिठाराम अधिकारीलाई नै यस पटकको नगर प्रमुखको रुपमा हेर्न खोजीराखेका छन्। आखिर को हुन् मिठाराम अधिकारी ? उनी २०५४ सालका साबिक कपन गाविसका निर्वाचित अध्यक्ष पनि हुन्। उनीलाई मानव रुपि एम्बुलेन्स भन्दा पनि अतियुक्ती नहोला। मर्दा-पर्दा उनी सँधै कपनवासी सँगै हुँन्थ्य।
सायद यसैलेगर्दा नै होला कपन भेगमा उनको लोकप्रियता अझै कम भएको छैन। धेरैलेत उनलाई आधुनिक कपनको पिता सम्म भन्न भ्याएका छन्। कुनै पनि समस्याको अल्पकालीन, मध्यकालीन र दिर्घकालिन समाधान हुन्छ। उनले यस्तै आफ्नो एउटा क्षेत्रको ढलकको समस्या समाधान गर्दा खोलामा ढल मिसायो भनेर हल्ला गर्ने जमात पनि भए। उनिहरुले वैकल्पिक व्यवस्था नहुँन्जेलको यो त केवल एउटा अल्पकालीन समाधान मात्र थियोे भनेर अझै बुझ्न सकिराखेका छैनन्। दिर्घकालिन समाधान त अहिलेको कल्भर्ट सिस्टम छँदै थियो नी, जुन अहिले निर्वाणाधीन अवस्थामा नै छ।
त्यस्तै उनले तात्कालिन सुकुम्बासी समस्यालाई पनि समय सापेक्षी रुपले समाधान गरेको पाईन्छ। त्यसैले नै होला वर्तमान अवस्थामा पनि उनका तिनै उदाहरणीय कार्यहरुलाई कपनवासीले सम्मान गर्दै र यस्ता किसिमका अनुकरणीय कार्य निरन्त्रताको माग राख्दै फेरि एक पटक नगर प्रमुखको रुपमा मिठाराम अधिकारीलाई नै भोट दिने निधोगरेका छन्।
मिठाराम अधिकारीले बुढानिलकण्ठलाई हरित् नगर वा भनौं Green City को रुपमा परिकल्पना गरेका छन्। उनले आशन्न स्थानीय तहको निर्वाचनका निम्ति जारी गरेका आफ्नो घोषणा पत्रमै मात्र हेर्ने हो भनेपनि, संयुक्त राष्ट्र संघले जारी गरेको १७ वटा लक्षहरु मध्य झण्डै १०/११ वटा लक्ष्यहरु समेटे पाईन्छ। म आफैं पनि एउटा दिगो विकासको विधार्थी हो। मैले अरु उमेदवारहरुको पनि घोषणा पत्र पढेकोछु। तर त्यस किसिमका लक्षहरु पाएको छैन।
उनको घोषणापत्रको विश्लेषण गर्दा मैले सामाजिक, आर्थिक र वातावरणीय; तीन वटै खम्बाहरुको सम्मिस्रण पाएकोछु। दिगो विकासको अवधारणा पनि यी तीन खम्बाहरु मिलि बनेका हुँन्छन्।
घरदैलो कार्यक्रम बिच मैले स्यवं उनीसँग एउटा युवाको हैसियतले कुरा गर्ने अवसर पाएँ। एउटा नगरवासी को हैसियतले त्यो मेरो नैसर्गिक अधिकार पनि थियो। तर रोचक पक्ष भनेको, मेरा सारा प्रश्न र जिज्ञासाहरुको उनले एउटै वाक्यले उत्तर दिन सफल भए। अझ भनौं तीन शब्दमा। ती तीन शब्द थिए: “नगर योजना आयोग” ।
हो, उनी निर्वाचित भएपछि सर्वप्रथम “नगर योजना आयोग” को गठन गर्ने बताए। र नगर योजना आयोगले संघिय सरकारको “राष्ट्रको योजना आयोग” सँग सहकार्य गरी निति तथा कार्यक्रम तर्जुमा गर्ने र सोही अनुरुप आफ्नो घोषणा पत्रका बाचाहरु पूरा गर्दै जाने बताए। अनि पो बल्ल मैले चाल पाएँ, त्यसै सबै नगरवासीले मिठाराम अधिकारी भनेका हैन रहेछन् भनेर।