नेपाली कांग्रेस गोकर्णेश्वरको बृहत चुनावी र्‍याली  

नेपाली कांग्रेस गोकर्णेश्वरको बृहत  चुनावी  र्‍याली  

कपन अनलाइन

काठमाडौं बैशाख २७ ।आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिंदो छ । उम्मेदवारहरुले बैशाख २७ गतेसम्म मात्र चुनाव प्रचार प्रसार गर्न पाउने समयाअवधि तोकिएको छ। वैशाख २७ गते राति १२ बजेपछि मौन अवधि सुरु हुने छ।त्यस अवधिमा कुनै दल वा उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन्। बैशाख ३० गते शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउने निर्वाचन आयोगको तालिका छ। त्यसै क्रममा आज नेपाली कांग्रेस गोकर्णेश्वरले आज बृहत र्‍याली  सम्पन्न गरेको छ । गोकर्णेश्वरको सुन्दरीजल बाट शुरु भएको उक्त र्‍याली  जोरपाटी चोकमा पुगी कोण सभामा परिणत भएको  थियो ।

क्षेत्रीय सभापति सन्तोष चालिसेको अगुवाइमा भएको र्‍यालीमा मेयर र उपमेयर पदका उम्मेदवार दीपक रिसाल र शान्ति नेपाल लगायत वडाअध्यक्षदेखि सदस्य पदका उम्मेदवारहरू र कार्यकर्ताहरुले बर्षाको पर्वाह समेत नगरी र्‍यालीमा   सहभागिता जनाएका थिए ।र्‍यालीपछि जोरपाटीमा सम्पन्न भएको कोणसभालाई कांग्रेस महामन्त्री गगन थापाले प्रमुख अतिथिको रूपमा सम्बोधन गरेका थिए । यसैगरी सभालाई क्षेत्रीय सभापति तथा निवर्तमान मेयर सन्तोष चालिसे, मेयर पदका उम्मेदवार दीपक कुमार रिसाल, उममेयर कि उम्मेदवार शान्ति नेपाल सहित विभिन्न नेताले सम्बोधन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।