सुशासन र नागरिक मैत्री सेवा प्रदान गर्न उद्दब बिष्ट गोकर्णेश्वरको चुनावी मैदानमा

सुशासन र नागरिक मैत्री सेवा प्रदान गर्न उद्दब बिष्ट गोकर्णेश्वरको चुनावी मैदानमा

कपन अनलाइन

काठमाडौं, बैशाख २७ । नेकपा एमाले गोकर्णेश्वर बाट  नगर प्रमुख पदमा उम्मेदवार बनेका उद्दब बिष्टले  सुशासन र नागरिक मैत्री सेवा विस्तार गर्दै भ्रस्टाचार सुन्यमा झार्न आफ्नो उम्मेदवारी रहेको बताएका छन । स्थानीय तहका यसअघिका जनप्रतिनिधिको कार्यकालबाट नागरिकका माग र मुद्दाको सुनुवाइ कसरी गर्न सकिन्छ भन्ने कुरा आफूले नजिकबाट नियालेको र आफू निर्वाचित भए नागरिकको हक र हितलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताएका  बताए ।

स्थानीय तहका जनप्रतिनिधिले जनताका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने र घरघरमा नै राज्यले उपलब्ध गराउने सेवा पुर्‍याउनुपर्ने  बिष्टको  भनाइ छ ।२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साबिक बालुवा गाबिस अध्यक्ष भएर अनुभब संगालेका बिष्टले विभिन्न सघ संस्था र अभियानहरुमा पनि सक्रिय योगदान दिएका छन । राजनीतिलाई पेशा नभई  सेवाको रुपमा लिने बिष्ट बताउछन ।

नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्ष समेत रहेका बिष्ट सामान्य मानवीय मामिला देखि गम्भिर राजनीतिक र सामाजिक विषयहरुमा सक्रिय रुपमा संलग्न रहेर कुनै आधिकारिक जिम्मेवारी नहुँदा पनि जनता माझ  पुग्ने गरेका छन । राजनीति संगै समाजसेवामा पनि उत्तिकै सक्रिय बिष्ट आसन्न स्थानीय तहको निर्वाचनमा मतदाताको मन र मत जित्न घरदैलोमा रहेका थिए    ।

तपाइँको प्रतिक्रिया ।