श्रीलंकाको बिग्रदो आर्थिक अवस्था र नेपालले सिक्नुपर्ने पाठ

श्रीलंकाको बिग्रदो आर्थिक अवस्था र नेपालले सिक्नुपर्ने पाठ

कपन अनलाइन

काठमाण्डौ ,माघ ८/प्रकास पाण्डे 

प्रजातान्त्रिक समाजबादी गणतन्त्र श्रीलंका दक्षिण एशियाको एक विकासोन्मुख मुलुक हो।  सन् १९८३ बाट सुरु भएको गृहयुद्दका कारण आर्थिक विकासमा पछाडी परेको श्रीलंका २००९ मा भएको गृह युद्दको अन्त्य भए संगै विस्तारै विकासको बाटोमा फड्को मार्दै थियो। सन् २०१९ को नोवेम्बेरमा भएको आम निर्बाचन बाट चुनिएका गोताब्य राजपक्ष् त्यस देसको कार्यकारी प्रमुखको रुपमा रहेका छन्।

करिब २ करोड हाराहारीको जनसंख्या भएको श्रीलंकाको आर्थतंत्र कृषि र  पर्यटन मा निर्भर छ भने कोभिड -१९ को महामारी बाट ठप्प जस्तै भएको अर्थतंत्रका कारण आहिने चर्को आर्थिक मन्दी र मानबिय संकट बाट गुज्रिरहको छ।

सन् २०२२ भित्र श्रीलंकाले ७.३ विलियन अमेरिकी डलर बराबरको ऋण चुक्ता गर्नु पर्ने छ भने त्यसमध्ये ५०० मिलियन अमेरिकी डलर बराबरको ऋण आउदो जनवरी महिना भित्र चुक्ता गर्नु पर्नेछ जुन ऋण श्रीलंकाले चुक्ता गर्नु नसकेमा देश  टाट पल्टिने अवस्थामा रहेको त्यस देशका बिशेषज्ञहरुले बताएका छन्।

मुख्य ऋणदाता देश चिनले मात्र ५ विलियन अमेरिकी डलर बराबरको ऋण लगानी गरेको छ भने गत वर्ष चीनसंग लिएको १ विलियन अमेरिकी डलर बराबरको ऋण श्रीलंकाले अहिले किस्ताबन्दि मा तिर्दै आइरहेको त्यस देशका समाचार एजेन्सीहरुले बताएका छन्।

कसरी टाट पल्टिने अवस्थामा पुग्यो श्रीलंका

सन् २०१९ बाट सुरु भएको विश्व महामारी कोभिड -१९ पछि मात्र श्रीलंकामा ५ लाखभन्दा बढी मानिस गरिबीको रेखामुनि पुगेको विश्व बैंकले प्र्क्षेपण गरेको छ। देशको कुल ग्रहस्थ उत्पादन ( अर्थात जिडिपि ) को झन्डै १० प्रतिशत क्षेत्र ओगटेको पर्यटन उद्योग कोरोना माहामारीसंगै  बन्द हुने अवस्थामा पुग्यो। विदेशी मुद्रा संचितिको मुख्य क्षेत्रको रुपमा रहेको पर्यटन उद्योग नै बन्द भएपछि श्रीलंकाको विदेशी मुद्रा संचिती खस्किदै गएको थियो।

सन् २०१९ को अन्त्यमा श्रीलंका को विदेशी मुद्रा संचिती ७.६ अर्ब अमेरिकी डलर बराबर थियो जन ५ महिनाको बस्तु तथा सेवा आयात धन्न सक्ने अवस्थामा थियो। सन् २०२० को अन्त्यमा उक्त संचिती ५.७ अर्ब अमेरिकी डलर पुगेको थियो भने सन २०२१ को अन्त्यमा १.६ अर्ब अमेरिकी डलर मात्र बिदेशी मुद्रा संचिती रहेको त्यस देशको केन्द्रिय बैंकले जनाएको छ। चिया र अन्य केहि कृषिजन्य खाधान्नमा आत्मनिर्भर भएतापनि अधिकांश खाधान्न छिमेकि राष्ट्र भारत तथा चीनबाट आयात गर्ने गर्दछ।

एकातिर आयातमुखी अर्थतन्त्र भाएको श्रीलंकामा अर्कातिर बिदेशी मुद्रा संचिती घट्दै गयो जसका कारण त्यस देशको मुद्रामा चाप पर्न थाल्यो र मुद्रा को मूल्य घट्दै जादा अत्यावस्यक बस्तुको मूल्य समेत आकासिने आवस्थामा पुगेको छ ! सन् २०२१ नोवेम्बेरको तथ्यांक अनुसार मुद्रास्फिती दर हाल सम्मकै उच्च (११. १ %) पुगेको  बताइन्छ।

साथै श्रीलंकाले खेप्दै आएको चर्को  मुद्रास्फिती दरको अर्को मुख्य कारण रास्ट्रपति राजपक्षले लिएको कृषि नीती हो भनेर आलोचाक हरुले दाबि गरिरहेका छन्।  राजपक्षले शत प्रतिशत अर्गानिक कृषि उत्पदान गर्ने पहिलो देश बनाउने निती लिएका थिए जसका कारण त्याहा सबै खालका रासायनिक मलको प्रयोगमा बन्देज लगाइएको थियो। उक्त नीतिका कारण देशको चिया उत्पदान तथा अन्य कृषिजन्य बस्तुहरुको उतपादन झनै खराब बन्दै गैरहेको बताईएको छ।

के नेपालको अवस्था पनि  श्रीलंकाको जस्तै हुन लागेको हो ?

हाल श्रीलंकाको आर्थिक अवस्थालाई हेरेर नेपालको आर्थिक अवस्था पनि श्रीलंकाको जस्तै हुन लागेको होकी भनेर केहि तर्कहरु पनि बाहिर आउन थालेको देखिन्छ।

श्रीलंकाको विदेशी र ऋणको आकार हेर्ने हो भने नेपालको अवस्था त्यस्तो आर्थिक संकटमा परिसकेको भने होइन। श्रीलंकाको ऋण त्यहाको कुल ग्राहस्थ उत्पादनको तुलनामा हेर्ने हो भने १०० प्रतिशतभन्दा माथि गइसकेको अवस्था छ भने नेपाल को अहिलेको तथ्यांक अनुसार उक्त दर ४० प्रतिशतको हाराहारीमा रहेको छ।  त्यसै गरी विदेशी विनिमय संचितिको आकार पनि श्रीलंकाको भन्दा राम्रो अवस्थामै रहेको पाइएको छ।

सन् २०२१ को अन्त्यमा त्यहाको विदेशी विनिमय संचिती १.६ अर्ब अमिरिकी डलर रहेको छ भने जुन रकम कुल वैदेशीक ऋणभन्दा निकै कम हो नेपालको मंसिर मसान्तको तथ्यांकलाई आधार मान्ने हो भने कुल विदेशी विनिमय संचिती १० अर्ब ३ करोड रहेको छ भने २०७७/७८ को आन्तिम तथ्यांकलाई आधार मान्ने हो उक्त विनिमय संचिती कुल वैदेशिक ऋणको तुलनामा कम को।  २०७७/७८ सम्ममा नेपालको  कुल वैदेशिक ऋण ९ खर्ब २८ अर्ब रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउछ।

श्रीलंकाको आर्थिक अवस्था बाट नेपालले सिक्नु पर्ने पाठ

माथिका तथ्यांकलाई आधार मानेर नेपालको आर्थिक अवस्था सन्तोषजनक रहेको छ भन्ने चाहि पक्कै पनि होइन।

श्रीलंकाको जस्तै सन् २०१९ मा  पर्यटन उद्योगले नेपालको कुल ग्राहस्थ उत्पादनमा ६.७ प्रतिशत को योगदान गरेको थियो भने झन्डै पौने चार लाख जना त्यस उद्योग आबद्द रहेको नेपाल पर्यटन बोर्ड एक रिपोर्टमा उल्लेख गरिएको छ।  नेपालमा पनि कोभिड-१९ पछिको महामारी र त्यसको लाकड़ाउनका कारण पर्यटन उद्योग नराम्रोसंग थला परेको देखिन्छ।

कोभिड-१९ को महामारिको अवस्थामा पनि बिप्रेषण आप्रवाहमा कमि नआएतापनी पछिल्लो समयमा  बिप्रेषण आप्रवाहको दर घट्दो रहेको छ! पछिल्लो ५ महिनाको तथ्यांकलाई हेर्ने हो भने बिप्रेषण आप्रवाहमा ६.८ प्रतिशतले कमी भएको पाइयको छ! बढिरहेको उपभोगमुखी आर्थतंत्र, घटिरहेको बिप्रेषण  र हालको तरलता आभावलाई हेर्ने हो भने नेपालको अवस्था पानि त्यति सन्तोषजनक मानीदैन।

आउदै गरेको चुनाबमा सरकरी पैसा खर्च हुने र तरलता आभाव बिस्तारै कम हुने आकलन समेत गरोएको छ जुन दिर्घकालिन समाधान भने पक्कै पनि होइन। खर्चिलो चुनाब प्राणालीले अन्त्यमा ऋणको भार जनतामा नै पर्ने हुदा उक्त रकमलाई उत्पादनमुखी र रोजगार निर्माणको क्षेत्रमा लगाउन सकियो भने हाल श्रीलंकाको जस्तो आर्थिक मन्दीबाट बच्ने दिर्घकालीन समाधान हुन्थ्यो की?

 

 

 

 

तपाइँको प्रतिक्रिया ।