मेरो देश, समाज र संस्कृति :गंगा लिगल
कपन अनलाइन
काठमाडौं ,कार्तिक ८ ।
संसारमा मानिस एउटै भावना विचारका विरलै पाइन्छन् । यो मात्र नभएर फरक फरक मुहार बान्कीका इत्यादि । त्यसमा पनि असल विचारका र कुविचारका पनि हुन्छन । त्यसैले यो मान्छे बस्ने सिंगो थलोलाई सन्सार भनिन्छ । यहाँथरि थरिका मान्छेहरुको जमघट टोली आदि पनि हुन्छन् । व्यत्तिमात्र कहाँ हो र देश अनुसारको भेष भुषा अलङ्गकार फरक फरक ।
हाम्रो देशका परंपरा संस्कृति कलाहरु अति सुन्दर छन् तर ……… समय बढ्दै छ जसरी बच्चा जन्मेर उ ठूलो भएपछि उस्को सारा परिवेशमा फरक पन आउनु स्वाभाविकै हो । त्यस्तै अब युग पनि परिवर्तन भैरहेछ । यो २१ औं सताब्दीको युग हो तर हामी पछाडि तिर जान अझ मन गर्छौ। जस्ले जीवनमा खेलवाड गरे झैं विकृतिले ठाउँ लिन जान्छ ।
अझ पनि हामी १९ औं बिसौं अझ पछाडिको कुसंस्कृत धर्रामा जान मन पराउँछौं । जस्ले गर्दा आपसमा मत नमिल्ने परिवेश नमिल्ने आदिआदि कारणले घर, समाज र देशमा त्यही विकृतिले कुसंस्कारलाई फेरी निम्त्याई दिन्छ, जस्ले गर्दा परिवार समाज र देशमा हरेक सानो सानो कुरामा विकृतिको घर्रा मानो पहाड खसे झैं हुन्छ ।
हो नारीहरु वैदिक युगहरुमा निकै उन्नतशील भैसकेका थिए तर पढाइ लेखाई, धार्मिक कर्मकाण्ड समाजको रितिमा तर महिलाको सानो गल्तीलाई के के न ठूलो पहाड खसे झैं गरि तल्लो तहमा राखेर आखिर सतीप्रथा निम्त्याइदिए । प्रताप मल्लको समयमा १ जना राजामर्दा ३०० रानीहरु अग्नी कुण्डमा होमिन पुग्यो । विभिन्न साना साना गलत कार्यलाई लिएर पुरुषहरुले यिनलाई तल्लो तहमा राख्ने प्रयास सफल भयो । वैदिक युगमा त होम यज्ञ कर्म काण्ड गर्ने महिलाहरु नै थिए ।
तर पछि यिनलाई भत्काएर तल्लो स्थानमा ल्याइयो जसले गर्दा पछिल्लो समयमा लोग्ने मर्दा सती सम्म जान पर्ने प्रथाले यिनलाई जकड्यो । त्यो संस्कार नभए पनि त्यसमा महिलालाई अझ हल्का दोष दिन पाउँदा सायद पुरुषहरु खुशी हुन्छन् पनि । त्यो आदतहो जुनपनि यस परिवारमा ‘महिलालाई’ लोग्ने टोकुवा भन्ने एउटा नामदिएर खुशी मान्ने पुरुष र परिवार हामी आज पनि भेटाउँछौं । अरे स्वास्नीले मात्रै किन टोक्ने पुरुषले स्वास्नी टोकुवा पद पाउनु परेन । हरे यो त कहाँहुने नि उ त स्वास्नी मर्ने वित्तिकै अर्को विहे गर्न फ्रीकति सजिलो । यो वातावरण कसले ल्यायो यो सब हामीले जानीजानी महिला दोषी बनाउन गरेका होइनौ र ।
मान्छेले बुझ्नुपर्छ नी मृत्यु त जन्मे पछि एक दिन वरण गर्नै पर्छ, यो कुरा मान्छेले बुझ्दा बुझ्दै हेपेर महिलालाई तलखसाल्ने बाध्यता कहाँबाट आयो । अझ महिला विधुवा भइन पुरुष विदुर पनि नाई । अर्को तुरुन्त बिहे गर्न कसैको हस्तक्षेप छैन तर महिलालाई यो कदम उठाउन महाभारत यस्तो गरेमा उ किन वेश्या पनि कहलिन्छे ।
किन तिनलाई समानताको आधार नदिने तिनको पनि जीवन हो यौवन हो । समाजमा उस्लाई पनि केहीभूमिकानिभाउने चाहना हुन्छ खोई यही समाजले यही दोषारोपण दिएर जवानीमै वृद्धको हालतमा पल्टाई दिन्छ । सबैले जान्नु पर्ने कुरा हो यो त २१ औं शताब्दी भैसक्यो यहीतालले हाम्रो देश सदा पछाडिनु परेको छ । जबसम्म नारी सक्षम, कुशल र अग्रसरताको भूमिकानिर्वाह गर्न पाउदैन तबसम्महाम्रो परिवार, समाज र देशले उन्नती गर्ने मौका पाउन सक्दैन ।
उसमाक्षमता छ विवेक छ प्रतिभा छ अग्रगामीभूमिकानिभाउनउत्कर अभिलाषा छ तर घर समाज र देशको संकुचितभावनाले गर्दा आइमाई घरै बाहिर निस्कनहुँदैन खालीभान्सा र घरको कर्मी हो । आजपनियहीविचारले गर्दा रथकादुई पांग्रा भाषण मात्रहो तर एक पांग्रामात्र अगाडि बढ्न खोजि रहेछ । अर्को पांग्रामा सधैं अंकुशलगाएको हुन्छ । जस्ले गर्दा राष्ट्र उन्नतीमा ठूलो वाधा छ । हो हामीले हाम्रो संस्कृति परंपरा अवश्य जोगाउनु पर्छ तर त्यसमाभएकानमिल्दा, असजिला, दोषपूर्ण कुराहरुलाई समय अनुसार परिवर्तन गर्नु मानवकर्तव्य र अधिकार पनिहो तर यो त केवलमहिलालाई दोषारोपण गर्ने कुरामा परिवार, समाज र देश सबै लागे पछि कस्को के लाग्यो । यसलाई परिवर्तन गरि सुपथमार्ग दर्शन गर्नु र गराउनु हामी सबैको कत्र्तव्य पनिहो ।
सारा देशमादुगुनाको उन्नती भैरहेछ भने हाम्रो देशमाआफैले विकृतिबोलाई रहेछन् । विचरी नावालक १० वर्षकीकन्या बाटोमा एक्लो देख्यो भने चाहे प्रहरी जवानचाहे अरु मर्द एरे गैरेहरु उ माथिहामफालेर तिनलाई सकस दिएर पनि मृत्युको मुखमा पु¥याउँछन् । यो कहाँ सम्मको अन्यायहो । यो पवित्रधर्तीमा सुनुवाई केही छैन । जो महिला या पुरुष यस धर्तीमा शून्यतालाई उकास्नअग्रगामीभूमिकानिभाउनखोज्छ यसमा टाङ लगाउने या खुट्टातान्ने प्रवृतिबाहिरी होइनन् हाम्रै आफ्नै नेपालीदाजु भाइदिदबिहिनी नै हुन्छन । जब सम्म हामीमा यस किसिमको इर्षापूर्ण भावनाले मन मस्तिस्कलाई कलुषितबनाउन छोड्दैन तब सम्म हामी नेपालीहरु उन्नतीको सिढी चढ्नलाई अझै केहीशदीलाग्ने छ ।त्यो शदीआईपुग्दा सम्म संसार प्रलयमाबिलिनहुनपनि सक्लाअनिहामी कसरी सफलिभूतबन्न सक्छौं ।
यस्ता दोषारोपणहरु पुरुषमात्रभागी छैनन् । महिलाहरुमाअझ बढी पाइन्छ । यो शत्रुता वैमनस्यता धेरैबाट शुरुमै मैदानमाआई पुग्छ एउटा सानो परिवारकै वीचमा नै वैमनस्चतापलि रहेको हुन्छ । सासुले बुहारीलाई कहीबुहारीले सासुलाई कटु दृष्टिले हेर्ने नराम्रो व्यवहार गर्ने यो छोटो धारणामा अवको समाजमा ठूलो परिवर्तन गर्नु अतिआवश्यक छ । घरबाट यस्लाई परिवर्तन गरेर समाजमापुग्दैन पुरै विकृति देशभरि पुगेर आज यस मनोमालिन्यता देखा परेको छ । यो बढ्दै संसारैमा छिचोल्न पुग्नेछ, जस्ले गर्दा “वसुदैव कुटुम्बकम” क्षीण भएर जान्छ अरु देश संगको नातापनि वृक्षको रुपमा बढ्दै गएर एक दिन यस्ले विश्व युद्ध निम्त्याउन केही बेर लाग्दैन ।
हो हाम्रो देश अत्यन्त सुन्दर प्रकृति र परिवेश भएको देश हो जस्मा भानु भक्तले यसरी गाएका छन् —
“चपलाअवलाहरु एक सूरमा
गुन केसरीको फूललीशिरमा
हिडन्या सखीलीकनओरि परि
अमरावतीकान्तिपुरी नगरी ।”
त्यसकारण यो देशमाकुनै सामान्य देश होइनऋषितपो भूमिहो । यो विद्वनव्यत्तिको गन्यस्थलहो यहाँ हरेक विषय पढेका विद्वानहरु छन् तर नेतृत्वको कमीले गर्दा सबै विदेशिएका छन् । हाम्रो देश सम्पूर्ण कुरा प्रकृति पर्यटन सामाजिकअध्याय, बौद्धिक, अध्यात्मिक र आर्थिक स्तरमा धनी देश हो । वनमाभएका जडीबुटी सारा विदेश जान्छ । त्यसलाई योजनापूर्ण ढंगले काम गर्न सके यो देश सम्पूर्ण कुराले परिपूर्ण भएको देश हो । तर यसै विकृतिबोलाइने रितीले गर्दा देश लथालिङ हुनखोजेको छ । नजिकैको पौरानिकमित्र राष्ट्र कहलिएको देशले हाम्रो जमीन र नदीहरु कोही लुटीसके कोही लुट्न तयार छ ।
कलिलाबालिकाहरुको नराम्रो हत्याको अझ सम्म केही टुङ्गो नमिल्दा परिवार बेहाल छन् ।
कमजोरी भने कस्को भन्ने ‘देशको’
भनेर बेइज्जतिनामाकरण गर्ने
या हामीआफै नेपालीको र
यस लाजको मर्नु कुरालाई
अझ नराम्रो वातावरण निम्त्याउने
विषमनवलाई छिटै प्रष्ट पारी
शान्त गरिदिएमा परिवार र
मृत्युको मुखमा परेका व्यक्ति
का त कमसेकमआत्माशान्ति
हुन्थ्यो खोई त्यो कहाँ छ ?
तसर्थ अब फेरी यस्ता
घटना हुननआवोस भन्नका
लागिहामी सबै नेपाली
एक भै यस्ता विकृति
उन्मूलन गर्ने कार्य गरौं
जस्ले गर्दा अब आउने समयहामी नेपालीको लागिशुभको
प्रतिकबनोस् ।