स्टक मार्केट (शेयर बजार) सम्बन्धी तालिम लिन इच्छुक बुढानिलकण्ठवासीलाई सुनौलो अवसर !
कपन अनलाइन
काठमाण्डौ ,माघ २६।
बुढानिलकण्ठ नगरपालिकावडा नं ७ वडा कार्यालयले वडाभित्र बसोबास गर्ने नागरिकहरूका लागि स्टक मार्केट (शेयर बजार) सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।
वडा कार्यालयद्वारा जारी सूचनाअनुसार वित्तीय साक्षरता अभिवृद्धि तथा लगानीसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त तालिम आयोजना गर्न लागिएको हो। तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले आवश्यक कागजातसहित २०८२ साल माघ १३ गतेभित्र कार्यालय समयमै वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।
वडा कार्यालयका अनुसार १६ देखि ३५ वर्ष उमेर समूहका युवाहरूलाई विशेष प्राथमिकता दिइनेछ। तालिममार्फत युवालाई शेयर बजार र लगानीसम्बन्धी आधारभूत तथा व्यवहारिक ज्ञान प्रदान गरिने वडाध्यक्ष बस नारायण महर्जनले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।
