बिमा: आविष्कार कला (कविता )

बिमा: आविष्कार कला (कविता )

कपन अनलाइन

काठमाडौं ,कार्तिक ७ ।

भविष्य सम्झेर
बिमागर्यो उसले
आफ्नो अनि परिवारको पनि
आसनमा पुगिसकेपछि
घोषणा गर्यो बिमाको –
किसानका लागि
पशुका लागि
यात्रुका लागि
सेवकका लागि
अनि माटोमा उभिएका
सबैको बिमा गर्यो।

इतिहासदेखि अभिलेख बोल्छ
भूमिबिमाको
टिष्टा देखि काँगडाको भूमिमा गोर्खालीको रगत छ
तर किन? आवेदनहाल्दैनन् उनीहरू
मातृभूमिको क्षतिपूर्तिका लागि
निरन्तर देशभक्त भन्नेहरु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।