शिर : छायादत्त न्यौपाने बगर (कविता )

शिर : छायादत्त न्यौपाने बगर (कविता )

कपन अनलाइन
काठमाडौं ,कार्तिक ७ ।

न समाते गति
समय आउँछ पर्खदैन
भेटिँदैनन् मित्रहरू
चस्मा नफुकाली हेरे
नगरौं गफ
दिए पुग्छ परिणाम
जोगिन्छ पद
गरे पुग्छ जिम्मेवारीबोध
लागे अनुगमनतिर
काम गर्छन् ठेकेदारहरू
आँट गरे
दुला छिर्छन् अपराधीहरू
पखाले मन
सङ्लिन्छ छवि सधैं
ढोका खोले
उज्यालो पुग्छ धेरैतिर
नभेटौं आफन्त
विश्वास गरौँ पाखुरामा
नझुकोस् शिर
सजियोस् नैतिक इमानले !

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।