नमुना बिकासशील युवा क्लबको आयोजनामा रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कपन अनलाइन
काठमाडौं ,कार्तिक ४।
नमुना बिकासशील युवा क्लबको आयोजनामा रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नं  १३ स्थित बेदब्यास ईंग्लिस स्कूलमा  कार्तिक १ गते शनिवार   नेपालीहरुकाे महान् चाड बडा दशैंकाे उपलक्ष्यमा शुभकामना आदान-प्रदानका साथै रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
बागमती प्रदेशका सांसद एवम् लेखा समितिका सभापती  न्हुक्षे नारायण श्रेष्ठकाे प्रमुख आतिथ्यता  र कम्युनिटी केयर नेपालका अध्यक्ष  बिजेन्द्र श्रेष्ठकाे आतिथ्यमा सम्पन्न भएको ३० जनाले रक्तदान गरेका थिए।
कोभिड १९ को महामारीसँगै ब्लड बैँकमा रगतको अभाव खड्किरहेको बेलामा रगतकाे अभावमा कसैले पनि अकालमा ज्यान गुमाउनु नपराेस् भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरेकाे उक्त क्लबका अध्यक्ष प्रदीप बिष्टले जानकारी दिएका छन  ।
तपाइँको प्रतिक्रिया ।