राजनिति, यूवा र समृद्दि

राजनिति, यूवा र समृद्दि

कपन अनलाइन

काठमाडौं ,कार्तिक ४/शिरिष पौडेल

सन् १९९० पछि सुरु भएको एकात्मक राजतन्त्र तथा जाहानिय राणासाशन विरुद्दको जनजागरण अभियान होस् या पन्चायत बिरुद्द को आन्दोलन , सशस्त्र बिद्रोह होस् या पछिल्लो मधेस आन्दोलन , देशमा हुने भिन्न–भिन्न उद्देश्यका साथ गरिएको क्रान्तिहरुमा युवाहरुको योगदान अतुलनिय थियो । वर्तमानको धरातलमा रहेर विगतलाई नियाल्दा जनमुक्ति जनजीविका अनि राज्य स्वाधीनताका लागि दानवीयप्रवृतिको निरंकुश शासनलाई पराजित गर्दै मुलुकमा स्थापित आजको संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने काममा नेपाली युवाहरूले प्रदर्शन गरेको वीरता र बलिदान विश्वकै लागि अनुपम एवम् ऐतिहासिक सन्देश बन्न पुगेको कुरामा दुई मत छैन।

यस्ता इतिहासका कठिन मोडमा समेत विचलित नभईकन रास्ट्र निर्माणको महा-अभियानमा समर्पित बन्न चाहने अपार शक्ति र सामार्थ्यका धनी नेपाली युवापुस्ताको इतिहासभएको देश आज “ पोलिटिक्स ईज अ डर्टि गेम ” भन्दै राजनिति जान्दै नजानि , बुझ्दै नबुझि राजनिति सँग सम्बन्ध बिच्छेद गराउन चहाने युवा पुस्तासँग बाच्न विवश छ ।

त्यसैले हामी यस लेखमा विकाशको मेरुदण्डका रुपमा रहेका युवाको  राजनितिमा के कस्तो सहभागिता छ ? कस्तो किसिमको सहभागिता को जरुरी छ भन्ने चर्चा गर्दै युवा राजनितिले देशको समृद्दि र अरु आयाम कसरी परिवर्तन ल्याउछ भन्ने विषयमा चर्चा गर्छौँ ।

युवा को र किन ?

युवा , उमेर कि सोच ? यो निकै ठुलो बहसको विषय हो । यो विषयमा प्रत्येक व्यक्ति र  ठाँउको फरकफरक सोचर परिभाषा हुन्छ । उमेरको आधारमा युवालाई छुट्याउने या युवापनलाई युवा भन्ने अहिले पनि बहसको विषय बन्दै आएको छ । युवा समग्र जीवनको यस्तो अवस्था हो , जहाँ व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । यो अवस्था मानव जीवनको नै सबैभन्दा सिर्जनशील समय हो जहाँ ऊ आफुलाई अब्बल साबित गर्न सङ्घर्षरत हुन्छ , आफ्नो फरक पहिचान निर्माण गर्न चाहान्छ । युवा विगत र भविष्यलाई जोड्ने निर्णाएक उमेर हो ।

विभिन्न देशले भिन्नभिन्न उमेर समुहलाई युवाको समुह हो भनेर तोकेको छ ।नेपालको संविधान ले भने १६ देखि ४० वर्ष उमेर समूहलाई नै युवा मानेको छ ।

युवा , राजनिति र बर्तमान

युवाहरुलाई नै लक्षित गर्दै सर्वहारा वर्गका महान गुरु क. माओले भनेका थिए यो संसार तिमीहरुको पनि हो, हाम्रो पनि हो, तर अन्त्यमा तिमीहरुकै हो , हामी अस्ताँउदा सूर्य हौँ तिमीहरु उदाउँदा ।

परीवर्तनका संबाहक मानिने युवालाई नेपाली समाजमा राजनितिक चेतका आधारमा हेर्ने हो भने एक किसिमको विभाजन छ । एकथरी छन् जसले राजनितिलाई बुझेका छन् , यसलाई आफ्नो धर्म थान्छन् र दिनरात देशको परीवर्तनको लागी लागिरहन्छन् , बोलिरहान्छन् ।

त्यसैगरी अर्को वर्ग छ जसलाई राजनितिमा केही चासो छैन ,केही बुझेका छैनन् । उनीहरु आफुलाई राजनितिबाट टाढै राख्न चाहान्छन् ,राजनितिलाई फोहोरी खेलको संज्ञा दिन्छन । कतिलाई त सामन्य राजनितिक चेतना , देशमा रहेको राजनितिक व्यवस्थाको समेत चेतना छैन ।  यस्तो खालको युवा पुस्ता को सङ्ख्या बढ्दो छ , राजनितिलाई बुझ्न खोज्ने र राजनितिलाई सकारात्मक रुपले लिने युवाको पुस्ता भने घट्दो छ।

यहाँ “ राजनीति प्रति रुचि छैन ” , “ यो देशमा समृद्धि गफ हो , आउदैन ” “ सरकारमाथि भरोसा छैन ” “ देशमा बस्न लायक छैन ” भन्दै आफ्नो भविष्य युरोप अमेरिकामा दख्ने र सामान्य देशको मतदानमा समेत भागनलिने युवाको पनि कमी छैन ।

कोहि भने राजनितिक चेतना भएपनी बरु गैरराजनीतिक अभियानमा संलग्न हुँन तयार छन् तर हालको परम्परागत राजनितिमा सहभागीता जनाउन तयार छैनन् ।

नेपालमा भएका साना ठुला कुनैपनि आन्दोलनहरु युवा बिना सम्भब थिएन , यसमा कसैको दुईमत नहोला तर हरेक आन्दोलनपछि युवाहरु खोला तर्न प्रयोग भएका लठ्ठीजस्तै किनारमा फालिएका छन् । खोला तर्न उपयोग गरिएको ती युवाहरुले के चाहान्छन् , के सोच्छन उनीहरुको मुद्दा के हो भन्ने कुरा सायदै माथि आएको छ , कसैको  ध्यान गएको छ । यि विभिन्न कारणहरुले गर्दा युवाहरु मुलधारको राजनितिमा आउन सकेका छैनन् ।

मुलधारको राजनितिमा युवापुस्ताको सहभागीताको कमीले युवा लक्षित निति तथा कार्यक्रमहरु प्रभावकारी हुन सकेको छैन। राजनितिमा किन लाग्ने भन्ने प्रश्नको उत्तर धेरै कम युवाले पाएका छन्, राजनितीमा आफ्नो रोल मोडल लिने नेतृत्व पाएका छैनन् र अतः नितिहरुको पनि निति मानिने राजनितिलाई छिछि दुरदुर गर्ने युवाको सङख्या बढेको छ ।

राजनितिमा युवापुस्ताको सहभागीताको खडेरी लाग्नुको अर्को कारण भनेको हाम्रोमा गरिने र भनिने बिचको भिन्नता पनि रहेको छ । बोल्दा चाँहि युवा पुस्ता भविष्यका कर्णधार हुन भन्ने , युवा राजनितिमा चाँहिन्छ भनेर भन्ने अनि व्यवहारमा चाँहि युवालाई अबसरबाट बञ्चित गराउने , भविष्यकै लागी थाँती लगाउने प्रचलनले यसमा ठुलो प्रभाव पारेको हो । आजको हाम्रो पार्टीहरुको दलिय संरचना युवामैत्री नहुनु , चुनावी प्रक्रिया महँगो हुनु पनि युबा नेतृत्व माथि नआउनुको कारणहरु मध्य एक हो ।चुनाव नजिकिदा जुलुस जम्मा गर्ने , बाइक र्यालि गर्ने , झण्डा बोक्ने वर्गीकरणमा मात्र युवालाई प्रयोग गरिदा युवाको बौद्दिक क्षमताको कदर नभएको पाइदै आएको छ । यदि राजनितिक दलहरुले समयमै यी विषयलाई मनन् गरेनन् भने देशबाट युवा पलायन भएझै राजनितिबाट पनि हजारौँ युवा कार्यकर्ताहरु पलायन नहोलान भन्न सकिन्न ।

आशीर्वाद दिँदा मन्त्री हुनु प्रधानमन्त्री हुनु बाट अरु जे भएपनि राजनितिबाट चाँहि टाढै बस्नु भन्ने समय आइसक्दा हामीले के निष्कर्ष निकाल्न सक्छौँ भने अहिलेको अवस्थामा नेपाली राजनितिमा युवा पुस्ताको सहभागीता तुलनात्मक हिसाबले न्युन छ र यसको कारणहरु भनेको युवामा राजनितिक चेतनाको कमी हुनु , चेतना भएका युवाहरुले पनि अवसर नपाउनु र समाजमा राजनिति प्रति बढेको पूर्वाग्रह हो ।

त्यसो भए अहिलेको राजनितिमा युवा पुस्ताको  सहभागीताको खाँचो कति छ त ? वर्तमान राजनितिमा सक्षम र परिपक्व नेतृत्व नहुनाले भविष्यको नेतृत्वमा के कस्तो संकट आउला ? यो विषय आफैमा सोचनिय छ ।

युवाको सहभागीता र समृद्धि : किन र कसरी

 युवा देशको अनमोल शक्ति हो , परीवर्तनको संबाहक हो । देशको सबैभन्दा ठुलो पुँजीनै युवा हो । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणमा समेट्नुको केहि बिकल्प छैन । त्यसैले युवाहरुको राजनिति प्रति बढेको वितृष्णालाई हटाएर उनीहरुमा राजनितिक चेतनाको विकाश गराउनु , र राजनितिमा संलग्न युवाहरुलाई मूलधारको राजनितिमा सामेल गराउनुनै आजको आवश्यकता हो ।

राजनितिमा युवापुस्ता स्थापित भएको खण्डमा समाजको  बिकासले गति लिन्छ । समाजको सबैभन्दा गतिशील पुस्तानै युवा भएकाले उसको सहभागीता बिना देशको जीवन मेरुदण्डविनाको शरीरजस्तै हुन्छ । जसरी हिजो जीवन जोखिममा राखेर परीवर्तनको जग युवालेनै हाले त्यसरी अब समृद्दिको युगमा उनीहरुको सहभागीताले नै सफलता ल्याउन मद्दत गर्छ ।

हामी “समृद्द नेपाल , सुखी नेपाली ”भन्ने नारा निएर अघि बढिरहेका छौँ । यसलाई यथार्थमा बदल्नु छ भने हामीले अबका युवालाई राजनितिका क्षेत्रमा चेतनशिल बनाउन जरुरी छ ।युवाहरुलाई भविष्यको कर्णधारमात्र होइन बर्तमानको साझेदार ठान्नु नै उनीहरुको अस्तित्वलाई स्वीकार गर्नु हो , उनीहरुलाई न्याय दिनु हो र समृद्दिको बाटोमा अघि बढ्नु हो ।

हाम्रो युबा पुस्ता सँग भोलिको परिकल्पना नंभएको हैन , आफ्नो परिकल्पना साकार पार्ने अवसर कम भएको हो । ०६२/०६३ को आन्दोलन देखिनै चर्चामा आएको राजनितिमा पुस्ता हस्तान्तरण नहुनु पनि बर्तमान राजनितिमा सक्षम र परिपक्व युवा नेतृत्वको कमी हुँनु हो । तसर्थ पुस्ता हस्तान्तरनले पनि  राजनितिमा युवा सहभागीता बढाउन  मद्दत पुर्याउछ ।

अतः एक सचेत युवाले राजनितिलाई पाखा लगाउने कि यसलाई अँगालने ? राजनितिलाई बिकास र समृद्दिको बाटोमा अग्रसर हुने माध्यम ठान्ने कि देशको ढुकुटी रित्याउने माध्यम ठान्ने ? यसलाई असफल व्यक्ति जाने ठाँउ बानाउने कि अब्बल नेतृत्व विकाश गर्ने ठाँउ बनाउने ? यसलाई नितीहरुको निति बानउने कि , फोहोरी खेलमा परिणत गर्ने ? यो सबै हामीमा भर पर्ने विषय हो । अब युवाहरुले सधै भरि हाम्रा विर पुस्ताको गुनगान गाईरहने हैन आउने पुस्ताका लागी सुनौलो युग हस्तान्तरणको वातावरण बनाउन लागी पर्न जरुरी छ ।

त्यसैले राजनितिमा हामीले सक्षमा र परिपक्व युवा नेतृत्वको बिकास नगर्नु भनेको भनेको भविष्यमा देशले पाउने राजनितिक नेतृत्वमा पनि संकट आउनु हो ।

अन्त्यमा , हामी राष्ट्र विकासको मेरुदण्ड युवाको सहभागीतालेनै  समृद्द नेपालको सपना साकार पार्न सक्छ । त्यसका लागी हामीले राजनिति फोहोरी खेल हो भन्दै पन्छिने युवा हैन , फोहोर पोखरीमै पसेर सफा गरेर निस्किने आँट भएको युवा उत्पादन गर्न जरुरी छ । प्रत्यक राजनितिक सङ्गठनहरुले राजनितिक चेतना हाँसिल गरेर स्वतन्त्र रहि सहीलाई सही र गलतलाई गलत भन्न सक्ने सामर्थ्य बोकेको युवा उत्पादन गर्न र उनीहरुलाई अवसर दिन जरुरी छ ।त्यसले नै देशलाई समृद्धिको बाटोमा अघि सार्छ ।युवा वर्गको राजनितिमा सहभागीताले नै राजनितिलाई प्रधान निति बनाउँन मद्दत गर्छ देशलाई समृद्दिको बाटोमा अघि बढाउँछ ।

(शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।