कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ मा आकस्मिक रक्तदान सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ मा आकस्मिक रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौं, भाद्र २२ । कागेश्वरी मनोहरा  नगरपालिका वडा नं ७ मा आकस्मिक रक्तदान  सम्पन्न भएको छ  ।सुर्य संदेश बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बि २ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं फुलबारी  सहआयोजक रहेर रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा  भाद्र २० गते शनिबार  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ को मनमोहन (फोर्स पार्क) मा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

बिहान ७ :३० बजे देखि बिहान १०:३० बजे सम्म आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन भएको उक्त रक्तदानमा १ सय ५ जनाले रक्तदान  गरेको सहकारीका अध्यक्ष शैलेन्द्र रायमाझीले जानकारी गराए   ।

सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, उपप्रमुख बिन्दु पुडासैनी सिंखडा, वडा नं. ७ का अध्यक्ष जीवन थापा, सदस्य लक्ष्मण पुरी, कोभिड फोकल पर्शन एवम् स्वास्थ्य अधिकृत लक्ष्मी कोइराला, लगायत सूर्य सन्देश बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरु  सहित स्थानीयको उपस्थिति रहेको थियो ।आयोजकले विषम परिस्थितिमा पनि रक्तदान गरेकोमा सबैलाई धन्यबाद दिएका छन ।

 

तपाइँको प्रतिक्रिया ।