यूथ कांग्रेस नेपालको १५ सदस्यीय केन्द्रीय समिति घोषणा

कपन अनलाइन

काठमाडौं, भाद्र २२ । यूथ कांग्रेस नेपालले १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।आइतबार सचिन तिमल्सेनाको संयोजकत्वमा १५ सदस्यीय समिति  घोषणा गरिएको हो । समितिको महामन्त्रीमा महेश दुलाल रहेका छन् ।

यूथ कांग्रेसले शनिबार विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार केन्द्रीय समितिका सदस्यहरूमा विद्युत लामिछाने, मनोज पुरी, सगुन कडेँल, सुजता गुरूङ, प्रकाश परियार, भुवन गिरी, डाक्टर रितेश थापा, शंकर कुइकेल, दिलनवाज शेख, साईरस शर्मा, अस्मिता साह, यजश्वी राई, विनोद देउवा ठकुरी छन्।

यूथ कांग्रेसले लोकतन्त्र सुदृढीकरण र सुशासनको प्रत्याभूतिका लागि विभिन्न कार्यक्रम चलाउने गरेको छ।  यूथ कांग्रेसले लोकतन्त्र सुदृढीकरण र सुशासनको प्रत्याभूतिका लागि विभिन्न कार्यक्रम चलाउने गरेको छ। केन्द्रीय समिति घोषणा गरेसँगै यूथ कांग्रेसले जिल्ला तथा प्रदेशमा संयोजक तोक्ने कार्य जारी रहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।