यज्ञडोल जगडोल युवा क्लब बुढानिलकण्ठ ११ ले थानेडाँडामा डस्टबिन राख्यो

यज्ञडोल जगडोल युवा क्लब बुढानिलकण्ठ ११ ले थानेडाँडामा डस्टबिन राख्यो

कपन अनलाइन

काठमाडौं, भाद्र १४। बुढानिलकण्ठ नगरपालिका वडा नं ११मा रहेको यज्ञडोल जगडोल युवा क्लब द्वारा जगडोल देखि  तारेभिर सम्मका बिभिन्न स्थानमा फोहोर व्यवस्थापनको लागि डस्टबिनको रुपमा ड्रम राखेको छ ।

 engineering and education zone Private limited संगको सहकार्यमा आज बिहान  बुढानिलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाको सिमानामा रहेको गाम्चा सामुदायिक बन ठानेडाँडा तारेभिर सम्म सरसफाई गरिनुको साथै उक्त क्षेत्रमा  फोहोर व्यवस्थापन को लागी डस्टबिनको रुपमा ड्रम राखिएको छ ।काठमाडौं बाट नजिक रहेको पर्यटकीय क्षेत्र  जगडोल थानेडाँडा तारेभिर, शिवपुरी क्षेत्र  हाइकिंग साइकिलिंग  तथा  बनभोजको लागि सबैको रोजाइमा पर्दै आएको भए पनि सरसफाई नहुदा  दिनदिनै फोहोर बढ्दै गएको देखे पश्चात केहि समय अघि सरसफाई गरिएको  र त्यतिबेला देखिनै सो स्थानमा जथाभावी फोहोर  नहोस भनेर आवश्यक ठाउमा  डस्टविन समेत राख्ने योजनाअनुरुप डस्टबिनको रुपमा ड्रम राखिएको रहेको  यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष संजय पौडेलले जानकारी दिए  ।

उनले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्थानको सरसफाई  गर्नुको साथै  डस्टबिनको रुपमा ड्रम राखिएको जानकारी गराए ।बनभोज हाइकिंगको लागि उपत्यका बाट नजिक भएको कारण धेरै मानिसहरु बन्दोबस्तिका साथ् आउछन तर फोहोर व्यवस्थापनका लागि उनीहरुले चासो नदिदा फोहोर जथाभावी मिल्काउने प्रवृतिले गर्दा सो क्षेत्र दिनानुदिन फोहोर हुदै गएको देखे पछि यज्ञडोल जगडोल युवा क्लब संगै स्थानीय संघ सस्था तथा कलबहरु संगको सहकार्यमा सरसफाई समेत गरिएको र अहिले फोहोर व्यवस्थापनको लागि engineering and education zone Private limited संगको सहकार्यमा डस्टबिनको रुपमा ड्रम राखिएको जानकारी गराए ।

उनले अहिले सुरुवात गरिएको र अन्य स्थानमा पनि बिस्तारै राख्दै जाने बताए ।उनले उक्त कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका  छन ।सो कार्यमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।