नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ४( ख) को सभापतिमा नवराज खनाल (विक्रम)
कपन अनलाइन
काठमाडौं असोज २२।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ४( ख) को सभापतिमा नवराज खनाल विक्रम सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली कांग्रेसको संस्थापन इत्तर पक्षबाट बुढानिलकण्ठ नगरपालिकाका आठ वटा वडाहरु रहेको निर्वाचन क्षेत्र नम्बर ४ ख को सभापतिमा खनाल निर्वाचित भएका हुन्।
नेपाली कांग्रेसको साविक कपन गाउँ समितिका उपसभापति समेत रहेका खनाल नेपाल तरुण दल र अन्य जनसंगठनहरूमा पनि लामो समयदेखि सक्रिय रहँदै आएका थिए।
विसं २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा पनि बुढा निलकण्ठ नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका थिए।
तपाइँको प्रतिक्रिया ।
