गीतल : आकाश अधिकारी
कपन अनलाइन
काठमाडौं कार्तिक २।
शोषण अनि अन्याय कहिल्यै सहन गरिनँ
सामन्तीलाई मैले कहिल्यै नमन गरिनँ ।
जतिसुकै कठिन होस् कर्म गर्न छाडनहुन्न
सहज अनि सरलताको मैले जतन गरिनँ ।
कर्म अनि कर्तव्यमा अटल बिश्वास गरिरहे
ख्याति प्राप्ति गर्न कुनै कीर्तन भजन गरिनँ ।
मानवीय चेतनाको आरपार हेरिरहेँ,
यन्त्रवत् कहिल्यै कुनै हवन गरिनँ ।
मेरा हरेक पुकारमा पाइला अघि बढिरहे
दुनियाँ संगको दूरी मैले आकलन गरिनँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
