गमला : आश्मा अर्याल
कपन अनलाइन
काठमाडौं कार्तिक २।
हामीले रोपेका फूलहरू झर्दै गएपछि
अर्को बोट नरोप्ने विचारमा
जबजब म फुटाउन खोज्थेँ गमला
तिमी मेरो भावनाको हावासँग
कुरा गर्न आइपुग्थ्यौ यादहरूको
माटोसँग फेरि छलफल सुरू गथ्र्यौ
सपनाका बीउ छान्दै योजनाको पानी हाल्थ्यौ
र मुस्कुराउन थाल्थ्यौ
मेरो न्यानो घाममा आस्थाहरूको ।
माटोको ओसमा हिँड्यौ कि भनेर कतै
तिम्रा पाइलाहरू खोज्ने भएकी थिएँ
झरेका फूलहरू टिपेर मैले
पत्रहरूमा तिम्रो स्पर्श
महसुस गर्न थालेकी थिएँ
सोच्थेँ फूल झरेपनि माटो छ
तर सबै ऋतु फूलका नहुँदारहेछन्
सबै प्रतीक्षाको बसन्त नहुँदोरहेछ
मलाई माफ गर मेरो प्रेम
फूलहरू झरे पनि
म गमलालाई उसैगरि स्याहारिरहेछु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
