शुभकामना : मणिराज सिंह
कपन अनलाइन
काठमाडौं कार्तिक २।
आस्था र विश्वास सँगालेर
समृद्धिको गोरेटोमा निरन्तर अघि बढून् पाइलाहरू
खुसीका फूल मुस्कुराऊन्
शान्त, दृढ र शीतल अठोटहरूमा
प्रेम, सद्भाव र शान्तिका दीप बलून्
कोमल बिहानीहरूमा
दुःखका बादल च्यातिएर
आशाको घाम झुल्कियोस् मनको खोपिमा
उमङ्ग, ऊर्जा र समृद्धिले
नवीन क्षितिज चुमिरहुन् सदा तिम्रो स्वछ, सुन्दर र पवित्र आयाममा !
हार्दिक मङ्गलमय शुभकामना!
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
