बुढानीलकण्ठ नगरपालिका शिक्षामा उत्कृष्ट घोषणा
कपन अनलाइन
काठमाडौं, असोज २३। बुढानीलकण्ठ नगरपालिका शिक्षामा उत्कृष्ट नगरपालिकामा पर्न सफल भएको छ । Principals Association Nepal (PAN Nepal) ले गठन गरेको प्रा डा विद्यानाथ कोइरालाको संयोजक रहेको राम प्रसाद सुबेदी र नन्दकुमारी महर्जन सदस्य रहेको स्वतन्त्र विज्ञ मूल्यांकन समितिले मूल्यांकन गरेर सार्बजनिक गरेको नतिजामा बागमती प्रदेशमा शिक्षामा उत्कृष्ट नगरपालिका घोषणा गरिएको छ ।
देशभरीका विभिन्न प्रदेशबाट छनौट गरिएका उत्कृष्ट, प्रधानाध्यापक, विद्यालय र पालिकालाई PAN Nepal को आगामी मंसिर ४ देखि ६ सम्म जनकपुरमा हुने तस्रो राष्ट्रिय सम्मेलनमा सम्मान गरिने कार्यक्रम राखिएको छ।
शिक्षालय नेशनल म्याग्जिनले गरेको २०८० को मूल्यांकनमा नेपालभरीबाट उत्कृष्ट नगरपालिकामा बुढानीलकण्ठ नगरपालिका परेर पुरस्कृत समेत हुन गएको थियो ।
बुढानीलकण्ठ नगरपालिकाले प्रारम्भ गरेको शिक्षक बैंक, सघन शिक्षण सिकाइ सेसन , प्रधानाध्यापक/ शिक्षक/ कर्मचारी कार्यसम्पादन करार, रोजगार तथा वृत्ति मार्गदर्शन मेला, रमाइलो शुक्रबार, शिक्षक सम्मेलन, विद्यार्थी सशक्तिकरण, १० कक्षासम्म दिवा खाजा, सबै स्कूलमा स्काउट, सर्बोत्कृष्ट नगर शिक्षक सम्मान, शिक्षण सिकाइको प्राविधिक परीक्षण, अन्तरपालिका शैक्षिक साझेदारी, सार्बजनिक निजी विद्यालय साझेदारी, विद्यालय र प्रधानाध्यापकको मूल्यांकन र स्तरीकरण लगायतका कार्यक्रमहरु उत्कृष्ट कार्यक्रमका रुपमा रहेका छन् ।
