कोरोना रोकथामको लागि अग्रमोर्चामा खटिएकाहरुलाई प्रोत्साहन गरौ : दिपक रिसाल (प्रमुख सल्लाहकार गोकर्णेश्वर नगरपालिका)

कोरोना रोकथामको लागि अग्रमोर्चामा खटिएकाहरुलाई प्रोत्साहन गरौ : दिपक रिसाल (प्रमुख सल्लाहकार गोकर्णेश्वर नगरपालिका)

कपन अनलाइन

काठमाडौं, भाद्र ९ ।गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले  उपत्यका सहित गोकर्णेश्वर नगरपालिका  पनि  त्यस बाट अछुतो रहन नसकेको उनले बताए। उनले केहि साता अघि  देखि गोकर्णेश्वर  नगरपालिकामा पनि संक्रमितहरुको संख्या बढेको बताउदै नगरपालिकालाइ कोरोना मुक्त नगर बनाउनको लागि प्रयास जारी राख्दा राख्दै पनि केहि मानिसहरुमा संक्रमित भेटिएको उनले बताए ।

उनले गोकर्णेश्वर नगरपालिकामा थप संक्रमित नहोस भनेर बिभिन्न सचेतनाका कार्यक्रम अघि सारेको जानकारी गराउदै  स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्नको लागि नगरपालिकाले हर सम्भब प्रयास जारी  राखे पनि नगरबासीमा लापरबाही बढेकोमा चिन्ता ब्यक्त गरेका छन् । उनले वास्तवमा शिक्षित वर्गदेखि सर्वसाधरण समेतलाई संक्रमण हुनबाट बाच्ने सामान्य नियम थाहा भएर पनि त्यसलाई पालना गर्ने नगरेको पाइएको जस बाट कोरोना जोखिम बढ्ने हुँदा नियम पालना गर्न पनि उनले अनुरोध गरेका छन्।

उनले सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको  बताए ।उनले कोरोना जोखिम न्यूनीकरणका लागि विश्व स्वास्थ्य संगठनका साथै नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका  मापदण्ड  सबैले आ आफ्नो ठाउ बाट पालना गर्न समेत वडा बासीलाइ अनुरोध गरेका हुन् । उनले भौतिक दुरी कायम गर्न,मास्क लगाउन र अनावश्यक भेटघाट बन्द  गर्न समेत  अनुरोध गरेका छन  ।

उनले कोरोना संक्रमितलाइ समाजले हेन्रे  दृष्टिकोणमा समेत परिवर्तन  हुनुपर्नेमा जोड दिदै कोरोना जो सुकैलाई लाग्न सक्ने हुँदा सद्द्भाब कायम गर्न , संक्रमितलाइ माया स्नेह प्रदान गरि उनीहरुको मनोबल उच्च बनाउने कार्य गर्नु पर्नेमा जोड दिएका छन।उनले बिभिन्न समाचार माध्यममा आएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मीहरु माथि दुव्र्यवहारले जनस्वास्थ्यको हालको सङ्कटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने भएकाले त्यस्तो कार्य कसैले पनि गर्न नहुने बताए ।

अहिलेको विषम परिस्थितिमा स्थानीय सरकारले गरेको कामले पनि  स्थानीय  सरकार जनतासँग जोडिएको सबैभन्दा नजिकको सरकार हो भन्ने कुराको व्यवहारिक पुष्टि गरेको बताए।प्रकोप नियन्त्रण र रोकथामका लागि गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको समन्वयमा योजना बनाएर अगाडी बढेको  पनि बताए ।हाल कोभिडको कन्ट्याक्ट ट्रेसिङ निरन्तर रहेको  बताउदै रिसालले कोभिड महामारीको बिचमा पनि सुरक्षित उपाय अपनाएर नगरपालिकाको विकास प्रक्रियालाई पनि नियमित रुपमा अगाडी बढाइरहेको बताए ।

 

तपाइँको प्रतिक्रिया ।