दोलखा : प्रमोद पोखरेल ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २।
नानाफूल फुलेर यो जगतमा बास्ना दिनेछन् सखा
जास्तोजाइ छदिव्य पुष्पजगमा त्यै पुष्प हो दोलखा
कालिञ्चोक मनोरणीय सबमा हो तीर्थमा उत्तम
गौरीशंकर एक यन्त्रक घड़ी मानिन्छ यो देशमा ।।१।।
गौरीशंकर मात्र यन्त्र नभई कैलाश हो देशको
हाम्रो स्वीजरल्याण्ड बन्दछ जिरी होविश्वमा सानयो
सर्वोत्कृष्टछ पोखरी शिवजटा त्योनाम राख्या थियो
रामेछाप र दोलखा विच सिमानाक्षेत्र गासीँदियो ।।२।।
शैलुङ् दिव्य विचित्र छ बुझ सखे आश्चर्यवैज्ञानिक
एकै ठाउँ सयौ छ पर्वत अहो कस्तो लिला निर्मित
भन्छन् नाभि छ विश्वको जगतमात्यैनाभि होदोलखा
शैलुङ्गेश्वरदेव रक्षक बनी छन् नाइटोमा सखा ।।३।।
हाम्रो वेद पुराण भन्दछ यहीं हो दोलखा पावक
हिन्दूका भिमसेन हुन् शिव रुपी नेपाल संरक्षक
ज्योतिर्लिङ्ग भिमेश्वर प्रमुख हो हिन्दूत्व संस्कारमा
आएका शिव कालभैरव बनी कोशीनदी छेउमा ।।४।।
क्षेत्री ब्राह्मण वैश्यशुद्र सबको साझा भएता छ नि
नाना धर्म र जात भेद नगरी जीरेल थामी पनि
मौका मिल्छ भने विशेष बखमा घुम्नै छ मेरो सखा
सर्बोत्कृष्ट परेटकीय जगको संमृद्ध यो दोलखा ।।५।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
