जेसीआई यू–१६ गर्ल्स टी–१ रग्बी प्रतियोगिता सम्पन्न

जेसीआई यू–१६ गर्ल्स टी–१ रग्बी प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २।

काठमाडौंमा आयोजित  जेसीआई यू–१६ गर्ल्स टी–१ रग्बी प्रतियोगिता–२०२६ मा १६ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको उद्घाटन  एसिया रग्बीका उपाध्यक्ष तथा नेपालका पूर्व राष्ट्रिय खेलकुद परिषद् सदस्य–सचिव टंकलाल घिसिङले । कार्यक्रममा नेपाल रग्बी संघका अध्यक्ष डा. दीपक देवकोटा, वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, नेपाल स्कुल रग्बी आयोगका अध्यक्ष दीपक अधिकारीलगायतको उपस्थिति थियो।

प्रतियोगिताको समापन समारोह जेसीआई नेपालका राष्ट्रिय अध्यक्ष २०२६ जीवन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। समापनमा नेपाल रग्बी संघ तथा नेपाल स्कुल रग्बी आयोगका बोर्ड सदस्यहरूको उपस्थिति रहेको थियो।

फाइनलमा **इन्टरनेसनल जोसेफ स्कुलले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २–० ले पराजित गर्दै उपाधि जित्यो। ओडिसी उपविजेता बन्दा जे.बी. स्कुलले १–० को जितसहित तेस्रो स्थान हासिल गर्‍यो। प्रतियोगिताले विद्यालय तहमा महिला रग्बीको विकास र युवा खेलाडीको प्रतिभा प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।