भेनस कलेजको जोड कम शुल्कमा गुणस्तरीय शिक्षा : क्याम्पस प्रमुख कृष्ण गौतम  

भेनस कलेजको जोड कम शुल्कमा गुणस्तरीय शिक्षा : क्याम्पस प्रमुख कृष्ण गौतम   

कपन अनलाइन

काठमाडौं, भाद्र ९। भेनस नेसनल कलेजमा कक्षा ११ का लागि अनलाइन दर्ता खुलेको छ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ८  अत्तरखेल बेसिगाउँमा  रहेको सो कलेजमा  शैक्षिक शत्र ७७/७८को लागि कक्षा ११मा व्यवस्थापन, मानविकी, शिक्षा ,तथा कानुन संकायमा अनलाइन दर्ता गर्न सकिनेछ।

लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको भेनस नेसनल कलेजका क्याम्पस प्रमुख कृष्ण  गौतमले   शैक्षिक वर्ष ७७ /७८ को  लागि नाम दर्ताको क्रम शुरु भएको जानकारी दिदै योग्य तथा जेहेन्दार विध्यर्थिका लागि छात्रवृति लागयतका सुविधा रहेको जानकारी दिएका छन।नियमित पठन पाठन संगै विद्यालयले विद्यार्थीहरुको सृजनात्मक विकासमा प्राथमिकता दिएको भन्दै क्याम्पस प्रमुख गौतमले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार उपयोगी रहेको बताएका छन।

अहिलेको समय सुचना प्रविधिको युग भएकोले प्रविधिमैत्री विद्यालय बनाउन लागि परेको  बताउदै  यस कार्यलाई प्रभावकारी बनाउनको लागि शिक्षकहरुलाई अभिमुखिकरण कक्षा, अनलाइन मार्फतनै संचालन गरिएको जानकारी  दिए। लामो समयसम्म विदामा बस्दा विद्यार्थीहरुको अध्ययन गर्ने बानीमा कमी आउने हुदा नयाँ रचनात्मक कार्यका साथै आफुमा भएको ज्ञानलाई प्रविधिको माध्यमबाट बृद्धि गर्नको लागि पनि अनलाइन  कक्षा संचालन  गरिरहेको बताए । उनले कोरोना संक्रमण बढीरहेको अवस्थामा दुर दराज र घरमा बसेर तनाव झेलिरहेका विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस भनेर  भेनस नेसनल कलेजले भर्च्युल माध्यम बाट पनि कक्षा संचालन गरिरहेको स्पष्ट पार्दै  अनलाइन् दर्ता गरे पछि त्यसमा जोडिन सक्ने बताए ।

उनले सम्पूर्ण एस ई ई उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै कम शुल्कमा डाउन टाउन मैत्री शिक्षा प्राप्त गर्न भेनसलाई रोज्नलाइ उनले अनुरोध गरेका छन्।  उनले न्युन शुल्कमा गुणस्तरीय शिक्षा”  भेनसको जोड भएको बताउदै भेनस ले (एम टु एम) अर्थात् मन्टेश्वरी देखि मास्टर्स सम्मको नीति लिएको पनि उनले बताए। दक्ष  र अनुभवी शिक्षक द्वारा पढाइ हुने  भेनस सबैको रोजाइमा पर्दै आएको उनले बताए ।   भेनसले एस ई ई मा  ४ जीपीए ल्याउने बिद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति दिने पनि उनले बताए ।

नेपालमा अध्ययन र कामबीचको तालमेल नमिल्दा कतिपय विद्यार्थी करीअरमा बाधा पुगेको बताउदै उनले  उच्च शिक्षा योग्यता र करीअरकै प्रवेशद्वार भएको बताए । अवसर नपाउँदा भने धेरैमा निराशा सृजना गरेको छ ।परिणामस्वरूप अधिकांश युवा विदेशिने गरेका छन् । विदेशिएकाहरू मध्ये पनि पढाइ अनुसारकै काम गर्न पाउने एकदम थोरै हुन्छन् ।अधिकांश विद्यार्थी १२ कक्षा उत्तीर्णपछि विदेशिनुको मुख्य कारण धन आर्जन पनि हो । यसलाई हेर्दा उनीहरू करीयर बनाउन नभई आर्थिक सम्पन्नताको सपना पूरा गर्नतिर लागेको देखिन्छ।

यद्यपि नेपालमै स्नातकका विविध विषयका छनोट र रोजगारका अवसर नभएका होइनन् भन्दै हाल नेपालका कलेजहरूले विद्यार्थीमा सैद्धान्तिक ज्ञानसँगै व्यावसायिक शीप विकास समेत गराउँदै आएका छन्। त्यसैलाइ मध्यनजर गर्दै भेनस कलेजले प्रविधि र व्यवसायलाई जोड दिएर पठनपाठन संचालन गर्न लागेको पनि बताए ।

भेनस  कलेजले संचालन गरेको फ्याकल्टीमा  मेहनत र लगनका साथ अध्ययन गर्ने हो भने नेपालमै अवसर पाइने पनि बताए  । उनले बजारको  माग र विद्यार्थीको रुचिअनुसार कलेजले बीबीएसमा  विभिन्न विषय राखेका  पनि बताए ।उनले कलेज छनौट गर्दा

  • शिक्षक (फ्याकल्टिज)को अवस्था
  • भौतिक पूर्वाधार
  • मनौवैज्ञानिक परामर्श
  • करीअर परामर्श
  • उत्प्रेरणा दिने कक्षा
  • शैक्षिक संस्थाको अघिल्लो वर्षको नतीजा
  • बसाइ र विद्यालयको दूरी
  • अध्ययनको स्वतन्त्रता
  • कलेजको नेतृत्व
  • अतिरिक्त क्रियाकलाप र बिषय पनि छनौट गर्नु पर्ने भन्दै भेनस कलेजले माथि उल्लेखित कार्यक्रममा समाबेश गरेको बताए ।

उनले  विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस बाट सुरक्षित रहन आम अभिभावक र बिद्यार्थीहरुलाई  अनुरोध गर्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउन समेत अनुरोध  गरेका छन । उनले सरकारले बिद्यालय खोल्न अनुमति दिए पछि भौतिक रुपमा नै सुरक्षित रुपमा बिध्यालय खोल्नको लागि भेनस तयारी अवस्थामा रहेको पनि बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।