बुढानिलकण्ठको बजेट-१ : क्षमता विकासमा नगर स्तरीय बजेट मात्रै १ करोड भन्दा बढी…….
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २।
बुढानिलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नगर विकास योजनामा क्षमता विकासलाई मात्रै करिव १ करोड रकम बिनियोजन गरेको छ। हरेक वर्ष पुरानै कर्मचारीहरुको क्षमता विकासका लागि नगरपालिकाका विभिन्न शाखाहरुले योजना तथा कार्यक्रमहरुमा विभिन्न शिर्षक राख्दै बजेट विनियोजन गरेका छन।
नेपाल सरकारले लिएको निकै कठिन मानिने लोक सेवा आयोगले लिएको परिक्षामा सफल भएका संघीय निजामती कर्मचारी देखि नगरले नियुक्त गरेका करार कर्मचारीहरुको क्षमता विकासलाई प्राथमिकतामा राख्दै हरेक वर्ष विभिन्न रिसोर्ट र होटलहरुमा कार्यक्रम गर्दै आएको बुढानिलकण्ठ नगरपालिकाले यस वर्षको बजेटमा पनि त्यस्ता कार्यक्रमलाई निकै महत्व दिएको छ।
बुढानिलकण्ठको बजेटलाई नगरवासी समक्ष जानकारी दिन कपन अनलाइनले शुरु गरेको यस शृंखलामा नगर स्तरीय बजेटमा रहेका क्षमता विकासका कार्यक्रहरुलाई समेटिएको छ।
आर्थिक सुशासन र मितव्ययितालाई आफ्नो मुख्य नारा बनाएको नगरपालिकाले यस आर्थिक वर्षको बजेटमा क्षमता विकासका लागि निम्न नगर स्तरीय कार्यक्रम तय गर्दै बजेट व्यवस्थापन गरेको छ ।
१.अधिकृत स्तर तथा शाखा प्रमुखहरुको क्षमता विकास तालिम : ८ लाख
२. कर्मचारीको क्षमता विकास तथा प्रोत्साहन : १० लाख
३.कार्यालय सहयोगीहरुको क्षमता विकास : ५ लाख
४.नगर प्रहरीको क्षमता विकास : २ लाख
५.महाशाखा प्रमुखहरुलाई क्षमता विकास : ५ लाख
६.महिला जनप्रतिनिधिहरुलाई क्षमता विकास : १० लाख
७.वडा सचिवहरुको क्षमता विकास : ५ लाख
८.स्वास्थ्य संस्थाका प्रमुखहरुको क्षमता विकास : ५ लाख
९.सहायक स्तरका कर्मचारीहरुको क्षमता विकास :१० लाख
१०. युवा परिषद,क्षेत्र विकास समिति र पर्यटन बोर्डका पदाधिकारीहरुको क्षमता विकास :१० लाख
११.कर्मचारी तथा जनप्रतिनिधिहरुको पुनर्ताजगी (Refreshment) कार्यक्रम : १० लाख
१२. क्षमता विकास योजना निर्माण : ५ लाख
१२. कर्मचारीलाई तालिम इ सर्भिस : २ लाख
१३. अन्तर नगरपालिका सिकाइ आदान प्रदान : ५ लाख
१४. जनप्रतिनिधि र कर्मचारीहरुको राजस्व सम्बन्धि क्षमता विकास : १० लाख
१५. जनप्रतिनिधिलाई मेलमिलाप तालिम : ३ लाख
यस आलेखमा माथि प्रस्तुत गरिएका कार्यक्रमहरु नगरपालिकामा रहेका विभन्न शाखाहरुले वार्षिक योजना तथा कार्यक्रममा राखेका योजनाहरु रहेका छन।
यसमा वडाहरुले राखेका अवलोकन भ्रमण,क्षमता विकास र अन्य पुनर्ताजगीका कार्यक्रमहरुलाई समेटिएको छैन ति कार्यक्रमहरु आगामी आलेखमा राख्ने छौ।
त्यस्तै नगरपालिकाले आयोजना गर्ने कार्यक्रमहरुलाई प्रभावकारी बनाउनका लागि भएका पहलहरु कमसल भएको आरोप लाग्दै आएको समयमा तालिम र कार्यक्रममा निकै ठूलो रकम खर्च हुनु निराशाजनक रहेको स्थानीयहरुको आरोप समेत रहेको छ।
वडा स्तरीय क्षमता विकास र पुनर्ताजगीको रकम र कार्यक्रम बुढानिलकण्ठको बजेट-२ मा प्रस्तुत गर्नेछु ।
