सांसद उज्यालो कार्यक्रमले झलमल्ल काठमाडौं क्षेत्र नं ८ का सार्वजनिक स्थल

सांसद उज्यालो कार्यक्रमले झलमल्ल काठमाडौं क्षेत्र नं ८ का सार्वजनिक स्थल

कपन अनलाइन

काठमाडौं ,भाद्र ९।

काठमाडौं क्षेत्र नं ८ मा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत संचलनमा आएको सांसद उज्यालो कार्यक्रम संचालनमा आए संगै सो क्षेत्रका पार्क ,भित्रि चोक,बहाल  र अन्य सार्वजनिक स्थल झलमल्ल बनेका छन।

सो निर्वाचन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १३, १५, १९, २३ र २४ मा संचालन गरिएको सो कार्यक्रम सम्पन्न भए संगै यसले निकै फाइदा पुर्याएकोमा स्थानीयहरुले खुसि व्यक्त गरेका छन।

उक्त कार्यक्रम संचालनका लागि आर्थिक वर्ष २०७६/७७ मा ४९ लाख ९४ हजार ९ सय ८४ रुपैया र उपभोक्ता समितिको २ लाख ४९ हजार ७ सय ४९ गरेर कुल ५२ लाख ४४ हजार ७ सय ३३ रुपैया लागत लागेको थियो।

सो क्षेत्रका मुख्य सडकमा काठमाडौं महानगरपालिकाका तर्फ बाट मेयर उज्यालो कार्यक्रम संचालन गरिएको थियो भने भित्री भाग र सार्वजनिक स्थलमा सांसद उज्यालो कार्यक्रम संचालन गरिएको हो।

 

तपाइँको प्रतिक्रिया ।